समता कलेजद्धारा नवजीवन परोपकार समाजलाई १००जना बढिको श्रमदान

               सेवा नै मानवको सवैभन्दा ठुलो धर्म हो ।

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजले आफ्नै भवन (आश्रम) निमार्ण गर्ने भएपछि समता कलेज  बाैद्धले श्रमदान गरेको छ ।

करिव १०० जना विद्यार्थीहरु सहभागी गराएर उक्त कलेजले संस्थालाई सहयोग गरेको हो ।

समता कलेजका प्रिन्सिपल अजय अधिकारी शुसिलको नेतृत्वमा उक्त काम भएको हो । पुरै १०० जनाले एकै दिनमा नभई दिनदिनै गरेर सहयोग गरेका हुन् ।

 

सामाजीक कार्यमा दिनरात लागी परेको यस सस्थाले सडक पेटीमा व्यवारिसे अवस्थामा रहेको मानीस,गाई,गोरु,कुकुर, चरा चुरुङी लगायत सवै प्राणिको हितका लागी काम गरिरहेको छ ।

पछिल्लो समय संस्थाको आफ्नै भवन नहुँदा केहि असहज भएका कारण संस्थाले अहिले काठमाडौंको तारकेश्वर नगरपालीकाको मनमैजु खुलालटारमा एक बस्नेत परिवार द्धारा निशुल्क प्रदान भएको ५ रोपनी ६ आना जग्गामा भवन निमार्ण गरिरहेको छ ।

संस्थासँग उक्त भवन निर्माणका लागी प्रयाप्त रकम नभएपछि देश तथा विदेशमा रहनु हुने नेपालीहरु सँग आफुले सकेको सहयोग गर्न अपिल गरेको छ ।

पछिल्ला दिनहरुमा नेपाल घरभई विदेशका बिभिन्न स्थामा बस्नुहुने नेपाली दाजुभाई दिदिबहिनी हरुले केहि आर्थीक सहयोग गरिरहनु भएको छ ।

उक्त सहयोगको लागी संस्था सधै ऋणी रहने छ ।

यदि तपाईहरु पनि संस्थालाई सहयोग गर्न चाहानुहुन्छ भने आर्थीक भौतिक तथा श्रमदान गरेर पनि सहयोग गर्न सक्नुहुनेछ

                                                                                                                                 

               

 

 

                                                                                                              समता कलेज लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।