काठमाडौं – सामाजीक कार्यमा दिनरात लागी परेको सामाजीक संस्था नवजीवन परोपकार समाजले पछिल्ला दिनहरुमा धेरै सामाजीक काम गरि देश तथा विदेशमा चर्चा कमाईरहेको छ ।
उक्त संस्थाले सडकमा बेवारिसे अवस्थामा रहेका मानिस, गाई,गोरु, कुकुर, चार चुरुङी लगायतका प्राणिहरुलाई उपचार गरि विभिन्न स्थानमा लगेर पुनरजन्म दिइरहेको छ ।
यस संस्थाले अहिले आफ्नै भनव (आश्रम) निर्माणकार्य गरिरहेको छ ।
उक्त संस्थालाई देश तथा विदेशमा रहनुहुने नेपालीले आर्थीक सहयोग गरिरहनु भएको छ , यसै शिलशिलामा नेपालका विभिन्न जिल्ला घर भई हाल साउदीकाे अलमराइ कम्पनीमा पसिना बेचिरहनु हुने झापा घरभई हाल साउदी बस्दै आउनुभएका मुना महराद्धारा ५१००,कास्की घरभई हाल साउदी बस्दै आएनुभएका विसान गुरुङद्धारा ५१००,कास्की घरभई साउदी बस्दै आएका दिनेश विकेद्धारा ५१०० राजु विकेद्धारा ३०००,विनोद राजबंशीद्धारा १५००, विशाल विकेद्धारा ६००,देवराज चौधरीद्धारा ६००, राधिका फुयालद्धारा ५०५ गरि जम्मा २१२०५ रुपैँया रकम नवजीवन परोपकारको भवन निर्माणको लागी सहयोग रकम हस्तान्तण गर्नु भएको छ ।
यो सहयोगी सम्म हाम्रो कार्य तथा नवजीवन परोपकार समाजको वारेमा बताउनु हुने सामाजिक मनका धनि रेवन साहि सन्त प्रति हाम्रो संस्था हार्दिक नमन व्यक्त गर्दछ ।
