नवजीवन आर्दश ग्राम निर्माणका लागि आवश्यक सहयोग जुटाउन तयार परियोजना प्रस्तावना

Original file in PDF

१. परिचयः
समाज सेवा नै महत्वपुर्ण सेवा हो भन्ने मुल मर्मलाई आधार मानेर यस संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा विधिवत रुपमा दर्ता भई सडकमा रहेको विभिन्न किसिमका विरामी, अशक्त व्यक्ती, पशुपन्छी तथा अन्य आवश्यक परेका सबै किसिमका मानव तथा मानवइतरका व्यक्तीहरुलाई आवश्यक सबै किसिमको सहयोग गर्दै आइरहेका छौ । यस संस्थाको मुख्य अभिप्राय भनेको निःशुल्क रुपमा प्राणी जगतलाई नवजीवन प्रदान गरी पुण्य आर्जन गर्ने नै हो ।

राज्य सरकारले उपलब्ध गराउनु पर्ने सेवा यस संस्थाले पुगाइरहेको हुँदा यसको आवश्यक काम गर्नको लागि हामीसँग हाम्रो आफ्नै भवन नभएको हुँदा हामीलाई मनमैजुमा बसोबास गर्दै आउनु भएका बस्नेत परिवारहरुले वहाहरुले भोग चलन गरिरहनु भएको ६ रोपनी ५ आना जग्गा प्रदान गर्नु भएको हुँदा सो स्थानमा हामीले नवजीवन आर्दश ग्राम निर्माण गर्ने अठोटका साथ अगाडि बढेको छौ ।

१.१. संस्थागत परिचयः

क. नामः नवजीवन परोपकार समाज

ख. दर्ताः कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौ ।

ग. क.र.का. दर्ता नं. १८६९६२

घ. संस्थापक सदस्यहरुः

दुर्गानाथ दाहाल ‘अध्यक्ष’

रिता तिमिल्सिना ‘उपाध्यक्ष’

मातृका प्याकुरेल ‘महासचिव’

दिपकराज जोशी ‘सचिव’

राधेश्याम खड्का ‘कोषाध्यक्ष’

मिरा के.सी. ‘सदस्य’

घमान तामाङ ‘सदस्य’

अजय अधिकारी ‘सदस्य’

गिता अधिकारी ‘सदस्य’

१.२. संस्थाको उद्देश्यः
(क) मानव जीवनको लागि आवश्यक पर्ने सबै किसिमका सहयताको काम गर्ने ।

(ख) वृद्धाश्रम, पुनस्थापना केन्द्र, बालगृह लगायत सबै किसिमका पुर्वाधार खडा गरी सेवा प्रदान गर्ने ।

(ग) प्राणी जगतमा दुःख, अप्ठेरो परेका विश्वभरी पाइने सबै किसिमका प्राणीहरुको उद्दार, सहयोग गरि तिनिहरुको पुनस्थापना गर्नलाइ सहयोग गर्ने ।

(घ) गरिब असाहय, दीन दुःखी, विपन्न, पछाडि पारिएका, परेका, दलित जनजाती लगायत सबै किसिमका बालबालिका, युवा तथा अन्य वर्गमा पर्ने सबैलाई चाहिने आवश्यक जुनसुकै सेवा गर्ने गराउने ।

(ङ) मानवता जागरणको लागि स्वयम् सेवाको विस्तार गरी विश्वभरी सेवा उपलब्ध गराउने ।

(च) दुव्र्यसनीमा लागि जिवन बार्बाद गर्दै गरेका व्यक्तीहरुको पहिचान गरि उनीहरुको जिवनस्तर उस्कानको लागि विभिन्न अश्रयस्थलहरुको निर्माण गरि निःशुल्क रुपमा सिपमुलक तथा अन्य रोजगारमुलक तालिम दिई आत्मनिर्भर तथा परिवार मिलनको कार्यक्रम गर्ने गराउने ।

(छ) सबै किसिमका प्राणीहरु जो जुन अवस्थामा छन् तिनीहरुको उद्दार गरी सक्दो छिटो उपचार लगायतका सबै सेवा उपलब्ध गर्ने ।

(ज) सबै किसिमका सामाजिक संस्थाहरुसँग समन्वय गरी मानवताको लागि काम गर्ने ।

(झ) अनलाईन पेज खोली विभिन्न लेख रचना तथा समाचार मुलक सामग्रीहरु प्रकाशित गर्ने तथा नेपाली अंग्रेजीमा मासिक पाक्षीक पत्रपत्रिका समेत संचालन गरी मानवताको संदेश विश्वभरी फैलाउने ।

ञ) न्युनतम मुल्यमा शीक्षा, स्वास्थ तथा अन्य प्राविधिक शिक्षा सम्बन्धित सेवा उपलब्ध गराई गरिब दिन दुखीहरुको सेवा गर्ने ।

ट) स्कुल, कलेज, अस्पताल, सामुदायिक सेवा सम्बन्धित काम गर्ने भवन, सुचना केन्द्र लगायतका संस्थाहरु स्थापना गरि सेवा दिने ।

(ठ) वातावरण संरक्षणको लागि आवश्यक सबै किसिमका काम गर्ने गराउने ।

(ड) मानवताका विषयमा विभिन्न डकुमेन्ट्री बनाई देश विदेशमा प्रदर्शन गर्ने, नाटक लागयतका अन्य कार्यक्रमहरुको समेत आयोजना गरी काम गर्ने गराउने ।

(ढ) देशको जडिबुटी, पर्यटन प्रबर्धन तथा श्रोतसाधनको परिचालन गर्न आवश्यक काम गर्ने गराउने ।

(ण) विभिन्न सुधारगृहमा गई ध्यान साधना, योग, तालिम, सचेतनामुलक कार्यक्रम, विभिन्न सिपसम्बन्धित लगयतका आवश्यक काम गर्ने ।

(त) संस्थालाई स्वालम्बन बनाउनको लागि विभिन्न उद्योगहरु दर्ता, खरिद गरी काम गर्ने गराउने ।

१.३ सदस्यता प्राप्तीः
(क) सस्थापक सदस्यहरु – यस मुनाफा वितरण नगर्ने कम्पनीको संस्थापना हुँदाका बखत पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् । उनीहरुले साधारण वा आजीवन सदस्यता लिन सक्नेछन् ।

(ख) साधारण सदस्य – यस प्रबन्ध पत्रको दफा ९(१) वमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले तोकिएको प्रक्रिया अन्तर्गत रही आवेदन गरेमा कम्पनीको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुनेछन् ।

(ग) आजीवन सदस्य – कम्पनीको विकासको लागि विशेष सहयोग तथा योगदान पु¥याउने व्यक्ति तथा संस्थापक सदस्यहरुले तोकिएको प्रक्रिया अन्तर्गत आजीवन सदस्यता लिन सक्नेछन् ।

(घ) मानार्थ सदस्य – कम्पनीले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संचालक समिति र साधारण सभाको निर्णयले कम्पनीले मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।

(ङ) सल्लाहकार सदस्यः– यस कम्पनीको उद्देश्य अनुसार योगदान दिने व्यक्तिलाई संस्थापक सल्लाहकार सदस्य वा सल्लाहकार सदस्य पनि राख्न सकिनेछ ।

१.४ हालसम्मको कार्य प्रगतीः नजजीवन परोपकार समाजले नववर्ष २०७५ को अवसमा सडकपेटीमा रहेको गाई कुकुर बाँदर तथा माछाहरुलाई खाना खुवाएर मनाएको थियो । उक्त दिन पशुपति, कमलपोखरीमा आयोजना गरिएको थियो । ललितपुरमा फल वृक्षरोपण कार्यक्रममा सहभागी भएको थियौ भने भक्तपुरमा १० रोपनीमा गरिएको गाँजाखेती नष्ट गर्ने कार्यक्रममा सरिक भई नेपाल प्रहरीलाई सहयोग गर्ने कार्य भएको थियो । बैशाख ३० गतेका दिन सडकमा रहेका ५५ जना आमा बुवालाई भोजन सेवा दिनुका साथै सडकमा रहेका घाइते कुकुर तथा सडकमा व्यवारिसे मानिसको उपचार तथा अन्य उपचार खर्च नभएको व्यक्तीहरुलाई उपचार खर्च जुटाई निजहरुको उद्दार समेत गरिएको थियो । विर अस्पतालमा विरामी कुरुवा समेत नभएका दिसा पिसाब समेत महिनौसम्म जिउमै गर्ने एकजना दाई नवजीवन परोपकार समाजको तर्फबाट नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यसँगको समन्वयमा उपचार गराई नया जीवन प्रदान गरिएको थिो । विभिन्न दानी दाताको सहयोगमा पशुपती क्षेत्रभित्रको गौशालामा गाईको उद्दार गरिएको थियो भने ललितपुरमा चिनको कम्पनीले सडक बनाउँदा तातो अलकत्रा ५ वटा गाइका बाछाको शरिरमा खनाई मरणासन्न अवस्थामा पुगाउने चिनिया कम्पनी विरुद्ध उजुरी मात्र दिएनौ बरु गाइ बाछाहरुको उद्दार गरी स्नेहा केयर ललितपुरमा लगि उपचार गरियो पछि उक्त कुरा न्युज २४ ले प्रसारण समेत गरेको थियो । यस संस्थाले आपत विपदमा परेका सबैलाई सबै किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । हाल संस्था आफ्नो भवन निर्माणको कार्य गरी झन सशक्त रुपमा लाग्नेछ ।

२. परियोजनाको आवश्यकता

परिवारबाट तिरस्कृत भएर सडक एबं सार्बजनिक स्थलहरुमा जीवन व्यतित गर्न विबस सहयोगको खोजिमा रहेका बृद्ध अबस्थाका बुवा आमाहरु तथा बिभिन्न उमेर समुहका सडक मानब एबं बबालबालिकाहरु आफ्नो अध्यन अध्यापन पुरा गरिसकेका वा गर्न लागिरहेका बिभिन्न उमेर समुहका युबा युबतिहरु, डिप्रेसनमापरि आफ्नो सुन्दर जीबनलाई नारकीय जीवनमा परिणत गर्न लागिरहेका ब्यक्तिहरु अहिले पनि नेपाल राष्ट्रका हरेक स्थानहरु चाहे ठुला शहरहरु नै किन नहुन वा साना शहरहरु वा गाँउ बस्तिहरुमा प्रसस्त रहेकोले र समयमा नै यसलाई हामि सबै मिलेर उचित सम्बोधन गर्नु नै आजको आबश्यकता भएको हुँदा यस परियोजनाको आवश्यकता परेको हो । यसै सन्दर्भमा नवजीवन आर्दश ग्राम (आश्रम) निर्माण गरी करिब २०० जनाले एकसाथ खाना खान मिल्ने भान्सा, करिब ३०० जनाले एकै साथ बिभिन्न कार्यक्रममा सहभागि भै ज्ञान लिन सक्ने बहु आयामिक सभाहल, कोठाको आबास ग्रह, उद्धान, शान्ति ध्यान योग, निर्माण गरि उक्त कार्यमा युवाहरूलाई संलग्न गराइ विभिन्न किसिमका समाजसेवा एवं राष्ट्रसेवासँग सम्बन्धित कार्यहरूलाई व्यापकरूपमा अगाडि बढाउँदै गाउँ÷गाउँ, वस्ती÷वस्तीमा पुर्याउन सके निकै प्रभावकारी हुने देखिएकोले यस परियोजनाको आबस्यक्ता रहेको छ ।

३. परियोजना स्थलः काठमण्डौ जिल्ला, तारकेश्वर न.पा. वडा नं. ७ मनमैजु, काठमाण्डौ ।

४. परियोजना निर्माणहुने स्थल प्राप्त गरेको विधिः मनमैजु, काठमाण्डौमा बस्ने बस्नेत परिवारज्युहरुले उपलब्ध गराएको ६ रोपनी ५ आना जग्गा दान भई तारकेश्वर न.पा. तथा वडा नं. ७ को संयुक्त अनुमति लिई नवजीवन आर्दश ग्राम निर्माण गर्न लागिएको ।

५. सडक मानवको अवस्थाः काठमाण्डौ उपत्यकाभरि सडक मानवको अवस्था एकदमै दयनीय छ । हामी सडक मावन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुको हकमा असल काम गर्न प्रतिबद्ध छौं ।

६. परियोेजना निर्माणस्थलको योजनाः करिब ६० जनालाई बस्न मिल्ने भवन तथा भविष्यमा २०० जनाजतिले एकसाथ खाना खान मिल्ने हल, ३०० जनाजतिले विभिन्न कार्यक्रममा भाग लिन पाउने हल तथा आवासको व्यवस्था गरिन लागेको छ भने मन्दिर उक्त जग्गामा पहिलेदेखि नै भएको, रमणिय स्थानको रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेका छौ ।

७. परियोजना निर्माणमा श्रोत संकलनः संस्थाका आजिवन सदस्यको सदस्यता शुल्क, विभिन्न देश विदेशबाट दान गर्ने दानि दाता तथा विभिन्न संघसंस्थाहरुको सहयोग अतुलनीय हुने कुरामा पूर्ण विश्वस्त रहेको । स्थानियतहबाट समेत सरसहयोग रहेको छ भने त्यस क्षेत्रका सबै बासिन्दाहरुले समेत आवश्यक सहयोग गर्ने आस्वासन दिएको । व्यक्तीगत तथा संस्थागत रुपमा इच्छुक महानुभावहरुले निश्चित दायरा तोकी केही बनाउन चाहेमा सोको समेत व्यवस्था गर्न सकिने व्यहोरा जानकारीको लागि पेश गरेको छु ।

८. प्रस्तावित बजेट विनियोजनः

पहिलो चरणः ट्रस निर्माण तथा अन्य कार्यको लागि ।
क्र.स, विवरण, लागत,मुल्य, सहयोगको किसिम, कैफियत
१ सिमेन्ट ३०० बोरा ८०० प्रति बोरा आंशिक वा पुरा

२ ढुंगा ५० टिप २००००- प्रति टिप ”

३ लेबर ३०० जना १०००- प्रति व्यक्ती ”

४ फलाम १४ पिलर ३३०० प्रति  गोटा ”

५ बालुवा ४० टिप ३०,०००- प्रति टिप

६ झ्याल ढोका १२ झ्याल र ८ ढोका १२०००- (झ्याल ढोका आलमुनियम)

७ तारबार फलामको जाली आवश्यकतानुसार ३,००,००० फलाम

८ पिलर तारबार १०० वटा ५००-गोटा फलाम

९ चर्पि ४ ६,००,०००-गोटा महिला पुरुष

१० भान्सा १ १०,००,०००

११ रङ्ग १,००,०००

१२ विद्युत १,००,०००

१३ फर्निसिङ ६,००,०००

१४ विविध ५,००,०००

दोश्रो चरणमा गरिने कामहरुः

क. सभाहल निर्माण गर्ने

ख. उद्यान तथा अन्य संरचनाहरु निर्माण

ग. आवश्यक ट्वाइलेट तथा भान्साको निर्माण

घ. आन्तरिक बाटो निर्माण

ङ. फर्निसिङ को काम ।

७. अन्तमा, यहाहरुको जुनसुकै किसिमको सहयोगको अपेक्षा सहित यो प्रस्तावना पेश गरेका छौ । यस पुण्य कार्यमा यहाको योगदानको सदा कदर हुनेछ ।

प्रस्तावना पेश गर्ने
नवजीवन परोपकार समाज
का.जि.तारकेश्वर न.पा.वडा नं. ७
मनमैजु, काठमाण्डौ ।
सम्पर्क व्यक्तीः दुर्गानाथ दाहाल, अध्यक्ष ।
सम्पर्कः ९८५१०५९८९२
राधेश्याम खड्का कोषाध्यक्ष – ९८४१५७१०२१

नोटः संस्थाको निर्माणाधिन भवन, कुनै एक कोठा, फ्लायट अथाव अन्य सिंगो भौतिक संरचना निर्माण गर्न प्रायोजकहरु इच्छुक भएमा प्रायोजककै नाममा उक्त भौतिक संरचनाको नामाकरण गरिने व्यहोरा समेत

जानकारी गराउँछौ।