नवजीवन ग्राम निर्माणका लागि छोराको जन्मदिनमा आमा रञ्जु अधिकारीको सहयोग

काठमाडौं– समाजीक काममा दिनरात खटिरहेको समाजीक संस्था नवजीवन परोपकार समाजको आफ्नै नवजीवन आदर्श वाल तथा वृद्ध ग्राम बन्ने भएपछि विभिन्न क्षेत्र व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ।

यसै सन्दर्भमा काठमाडौंको मैपी बस्नुहुने रञ्जु अधिकारी ज्यू बाट आफ्ना छोरा अंकित अधिकारीको शुभ जन्मोत्सवका अवसरमा रु १०,१०५ (दश हजार एक सय पाँच) संस्थाको भवन निमार्णका लागि प्रदान गर्नु भएको छ।

यससँगै सामाजिक मनकी धनि अधिकारी संस्थाको आजीवन सदस्य समेतद बन्नु भएको छ।

अधिकारि ज्यूले गरेको सहयोगलाई नवजीवन परोपकार समाजले कहिल्यै पनि नभुल्ने र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा संस्थाको रहेको छ ।

संस्थाले सवै नेपाली मनहरुलाई भवन निर्माणकालागि सहयोगको अपिल समेत गर्दै आएको छ।