जन्म दिनको शुभ अवसरमा नवजीवन ग्रामको लागी अमेरिकाबाट सहयोग

काठमाडौं – नवजीवन परोपकार समाजलाई अमेरिका बाट सहयोग रकम प्राप्त भएको छ।

सामाजीक कार्यक्रमा दिनरात लागी परेको सामाजीक संस्था नवजीवन परोपकार समाज पछिल्लो केहि समय यता आफ्नो भवन निमार्ण कार्यमा जुटेको छ।

सडक पेटिमा वेवारिसे अवस्थामा अलपत्र भएका मानव पशुपंक्षी लाई सडकबाट उद्धार गरी अश्राम सम्म पुर्यारहेको यो संस्थाले आफ्नौ भवन निमार्ण कार्य गरिरहेको छ।

उक्त कार्यलाई स्वागत गर्दै सोलु घर भई हाल अमेरिका बस्दै आएकी मिना थुलुङले आफ्नो जन्मदिनको अवसरमा १५५०० सहयोग रकम प्रदान गरेकी छन्।

उनले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई संस्थाको यस्तो राम्रो काममा प्रयोग गरेकी हुन् ।

नवजीवन परोपकार समाजले काठमाडौं तारकेश्वर नगरपालीका मनमैजु स्थित ६ रोपनि ५ आना जग्गामा भवन निमार्ण गरिरहेको छ।

उक्त भवन निर्माण कार्यमा सम्पुर्ण नेपालीहरुमा सहभागी जनाई थोरै पुण्यको काम गर्न नवजीवन परोपकार समाजले आग्रह समेत गरेको छ ।