काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माण कार्यका लागि हंकङमा बस्दै आएकी सोभा (मार्था) गुरुङले रु २० हजार सहयोग प्रदान गरेकी छन्।
विगत केहि समयबाट संस्थाको आफ्नै भवन निर्माणकार्य प्रारम्भ भएको छ। उक्त कार्यकाका लागि गुरुङले आफ्नि स्र्वगीय दिदिका नाममा उक्त रकम प्रदान गरेकी हुन्। भवन काठमाडौंको मनमैजु स्थित खुलालटारमा निर्माण भइरहको छ।
सडकपेटिमा अलपत्र परेका मानव देखी विभिन्न प्राणिहरुलाई उद्धारगरि उक्त भवनमा स्थान्तरण गरि गाँस बास कपासको व्यवस्था गर्ने उदेश्यका साथ निमार्ण भइरहेको संस्थाको भवनका लागि गुरुङसँगै विभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम पनि जारि रहेको छ।
नवजीवन परोपकार समाज उक्त उदेश्यका साथ भवन निमार्ण कार्यमा जुटेको र सम्पुर्ण नेपालीहरुलाई आफुले सकेको सहयोग गरेर पुण्यकार्यमा आफ्नो सहभागिता जनाउनको लागी संस्थाले अपिल समेत गरेको छ ।
यससँगै सहयोगि सम्पुर्ण महानुभावहरु प्रति नवजीवन परोपकार समाज आभार प्रकट गर्दछ।
निर्माणाधिन नवजीवन ग्राम

