काठमाडौं – सामाजीक कार्यमा जुटिरहेको सामाजीक संस्था नवजीवन परोपकार समाजलाई १४,५५५ सहयोग रकम प्राप्त भएको छ । विगत दिनहरुबाटै विभिन्न प्रकारका सामाजीक कार्य गर्दै आएको यो संस्था आफ्नै भवन निमार्णमा जुटेको छ ।
लण्डन बस्दै आएकी मिरा प्रसाईले आफ्नो छोराको जन्मदिनमा हुने फजुल खर्च संस्थालाई प्रदान गरेकी हुन छोरा स्वाधिन कंडेलको जन्मदिनको अवसर पारेर उनले नवजीवन परोपकार समाजलाई रु १४,५५५ प्रदान गरेकी हुन् ।
दिनरात समाजीक कार्यमा लागी परेको यो संस्थाले सडकपेटिमा बेसाहारा जिवन विताइरहेका मानिस, सडकमा सवारी साधनले घाइते बनाएका पशु चौपाय चराचुरुङ्गी लगायतका विभिन्न प्रकारका प्राणिहरुलाई उद्धार गर्दै आएको छ । तर यसरी उद्धार गरेका प्राणिहरुलाई खाना नाना तथा छाना नहुँदा संस्थालाई केहि असहज भएको थियो। त्यही कुराको मध्यनजर गरिरहेको बेला काठमाडौंको मनमैजु तारेकश्वर नगरपालीकामा एक बस्नेत परिवारबाट ६ रोपनी ५ आना जग्गा निशुल्क उपलब्ध भएपछि अहिले उक्त स्थानमा भवन निमार्णको कार्य सञ्चालन भइरहेको छ।
संस्थाले उक्त भवन निर्माण गर्नका लागी सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरिरहेको छ। पछिल्ला दिनहरुमा सहयोग आउने क्रम भइरहेता पनी उक्त सहयोग प्रयाप्त भने नभएको संस्थाका पदाधिकारीहरुको भनाई रहेको छ ।
सेवा नै धर्म हो ।
