नवजीवन परोपकार समाजको भवन निमार्णका लागी रेशमको आर्थिक सहयोग

काठमाडौं – सामाजीक कार्यमा अहोरात्र खटिरहेको सामाजीक संस्था नवजीवन परोपकार समाजको आफ्नै भवन बन्ने भएपछि आर्थिक तथा भौतिक सहयोग आउने क्रम बढिरहेको छ ।

काठमाडौंको मनमैजुमा एक बस्नेत परिवारले निशुल्क प्रधान गरेको ६ रोपानी ५ आना जग्गामा संस्थाको भनव निमार्ण प्रक्रियामा रहेको छ ।

विगतका दिनमा धेरै दाताहरुले आर्थीक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

यसै क्रममा स्याङ्जा कालिगड घर भई हाल जापानमा बस्दै आएका रेशम पाण्डेले रु १० हजार २०० रुपैँया सहयोग गरेका छन् ।

यता नवजीवन परोपकार समाज दिनरात सामाजीक कार्यमा लागी रहेको छ ।

आफुले उद्धार गरेका पशु प्राणि वा मानीसलाई नाना तथा छानाको व्यवस्था गर्नको लागी संस्थाले भवन निमार्ण गर्न लागेको संस्थाका अध्यक्ष दुर्गानाथ दाहाले बताएका छन् ।

यस्ता दाताहरु प्रती संस्था धेरै आभारी भएको समेत जानकारी उनले दिए । संस्थाले सम्पुर्ण नेपाली हरुलाई आफुले सकेको सहयोग गर्न आग्रह समेत गरेको छ ।
सेवा नै धर्म हो ।