नवजीवनले उपचार गरिएको कुकुरले पायो नवजीवन (भिडियो)

काठमाडौं –सामाजीक कार्यमा अहोरात्र खटिएको समाजीक संस्थासँग मिलेर भारतिय कलकार सम्भावना सेठ्ठीले र नवजीवन परोपकार समाजले काठमाडौको पशुपति परिसरमा उपचार गरेको कुकुरले नयाँ जिवन पाएको छ ।

विरामी अवस्थामा नवजीवनका अध्यक्ष दुर्गानाथ दाहालले उपचार गर्दै गरेको देखेपछि भारतिय कलाकार सम्भावना ले सहयोग गरेकि थिइन् ।

करिव १ महिना अघि पटक पटकको प्रयास पछि मात्र उक्त कुकुरलाई उपचार गर्न सफल भएको नवजीवन परोपकारका अध्यक्ष दाहालले बताएका छन्।

कुकुरको उपचार गरेको भिडियो भारत पनी चर्चा पाएकाे थियाे। सम्भावनाले आफ्नो युट्युव च्यानलबाट प्रशारण गरेकी थिइन् यता नवजीवन परेपकार समाजको अफिसियल युट्युव च्यानल मार्फत पनि उक्त भिडियो प्रसारण भइसकेको छ ।

यो संस्थाले यस्ता हजारौ समाजीक कार्य गरिसकेको छ भने अहिले पनि उतिकै खटिरहेको छ ।

यस अघि र अहिलेमा कति फरक छ त कुकुर हेर्नुहोस् भिडियोमा