द्धन्द्धकालमा माओवादी एम्बुसमा परि खुट्टा गुमाएका सेनाले पाए निशुल्क कृतिम खुट्टा

काठमाडौं – चौधरी ग्रुपले आयोजना गरेको निशुल्क कृतिम खुट्टा वितरण कार्यक्रमा ५० भन्दा बढि खुट्टा अपाङ्गहरुले लाभ लिएका छन् ।

द्धन्द्धकालमा खुट्टा गुमाएका ३ जनाले पनि यो सुविधा ग्रहण गरेका हुन् ।

लाभ लिने ३ जना मा गोरखा घर भएका रम बहादुर परियार जसले दुबै खुट्टा गुमाएका थिए ।

यस्तै देवजङ शाह, अक्क बहादुर तामाङ, धन बहादुर तामाङ रहेका छन्। उनिहरुको छुट्टा छुट्टै एम्बुसमा परेर खुट्टा गुमाउनु परेको थियो ।

खुट्टा ग्रहण गरिसकेर उनिहरुले आयोजकलाई धन्यवाद दिदै उभिएर हिडेका थिए ।

गत ५ दिन अघिबाट सुरु भएको चौधरी ग्रुपको खुट्टा वितरण कार्यक्रम देशका २ स्थानमा आयोजना भइरहेको छ ।

काठमाडौं को नर्भिक इन्टरनेशलन हस्पिटल र नवलपरासीको गैडाकोटमा आज वा माघ २ बाट करिव ५०० जना खुट्टा अपाङ्गलाई खुट्टा वितरण गर्नुे छ ।

यसका लागी सामाजीक संस्था नवजीवन परोपकार समाजले पनि देशका विभिन्न स्थानबाट २०० भन्दा बढि खुट्टा अपाङ्गता भएका व्यक्तिहरुको नाम संकलन गरि आयोजक चौधरी ग्रुपलाई बुझाएको छ ।

यदि तपाइहरुको गाँउ ठाउ समाजमा पनि त्यस्ता व्यक्तिहरु भए सम्पर्क गरेर खुट्टा लगाउन सहयोग गर्न सक्नु हुनेछ ।