काठमाडौं – चौधरी ग्रुपले आयोजना गरेको खुट्टा वितरण भएको छ । विभिन्न कारणले खट्टा गुमाएर आज सम्म पनि कृतिम खुट्टा लगाउन नसकेका अपाङ्गहरुलाई आइतवार नर्भिक इन्टरनेशलन हस्पिटलमा एक कार्यक्रमको आयोजना गरेर खुट्टा वितरण गरिएको हो ।
काठमाडौंका लागी भोली सोमवार सम्ममात्र खुट्टा वितरण गरिने बताइएको छ ।

उता नवलपुरमा पनि चौधरी ग्रुपले खुट्टा वितरणको कार्यक्रम आयोजना भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन् ।
माहात्मा गान्धीको १५० औँ जन्म जयन्तीमा ७ देशका दशहजार बढि अपाङ्गलाई कृतिम खुट्टा वितरण गरिने भारतिय राजदुतले बताएका छन् ।
नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले खुट्टाको अपाङ्गभइ खुट्टा लगाउन नसकेका व्यक्तिहरुलाई खुट्टा लगाउन पाएकोमा धेरै खुसी भएको बताएकी छन्।
यता नवजीवन परोपकार समाजले यस कार्यका लागी नाम सकलन गर्न सहयोग गरेको छ । खुट्टा वितरणका लागी अपाङ्ग व्यक्तिहरुको नामावली संकलन गरेर सहयोग गरिएको र बाँकी नामलाई नवलपुरमा खुट्टा वितरण हुने संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन् । अब करिब ५०० जना अपाङ्गलाइ खुट्टा वितरण हुने बताइएकाे छ ।
यसका लागी चाैधरी ग्रुपमा तथा नवजीवन पराेपकार समाजमा सम्पर्क गर्न सकिने छ ।
यसका लागी चाैधरीग्रुप काे सम्पर्क नम्बर – 9842333140
इमेल – [email protected]
यस्तै नवजीवन पराेपकार समाजका लागी घमान तामाङ – 9851036891
