श्रीमतिले चौकिमा कागज गरेर माईत गए पछि एक महिना देखी चौकि अगाडी श्रीमतीको पर्खाईमा बसेका युवाको नवजीवन परोपकारद्धारा उद्धार

काठमाडौं – गत एक महिनाबाट श्रीमतीको पर्खाइमा काठमाडौंको बौद्ध प्रहरी चौकी अगाडि सडकमा जिवन बिताइरहेका एक युवाको नवजीवन परोपकार समाजले उद्धार गरेको छ ।

प्रहरीसँग कागज गरी श्रीमती माइत गएपछि करिव २२ बर्षका विष्णु प्याकुरेल विगत एक महिनाबाट बौद्ध प्रहरी चौकी परिसरमा आफ्नी श्रीमती को पर्खाइमा बसेका हुन् ।

श्रीमतीले झगडा गरी प्रहरी सम्म पुगेर डिर्भोस गर्ने सहमीतमा कागज गरी एक्ला एक्लै बस्ने सहमती भएपछि उनि घर नगई बौद्ध प्रहरी चौकी अगाडि बसेका थिए ।

 

काठमाडौंको साँखु इन्द्रेणी घर भएका विष्णुलाई नवजीवन परोपकार समाजका अध्यक्ष तथा आजीवन सदस्य प्रमेश अधिकारीले घर खोजी गरी नवजीवन परोपकार समाजले उनको आफ्नै घरमा जिम्मा लगाएको छौ।