काठमाडौं – विगत लामो समयबाट व्यापारी क्षेत्रमा आवद्ध भई समाजीक कार्यमा संलग्न भएको चौधरी ग्रुपले देशका ५ सय बढी खुट्टा गुमाएका अपाङ्गहरुलाई कृतिम खुट्टा वितरण गर्ने भएको छ ।
विभिन्न कारणले खुट्टा गुमाएका असाहय तथा आर्थीक अवस्था कमजोर भई कृतिम खुट्टा लगाउन नसकेका पिडितहरुलाई केहि राहत मिलोस् भनि उक्त ग्रुपले यो कार्य अगाडि बढाएको बताईएको छ ।
सामाजीक कार्यमा दिनरात लागी परेको संस्था नवजीवन परोपकार समाजले पनि यस कार्यका लागी यस अघिनै अपाङ्गता भएका व्यक्तिहरुको खोजी गर्न समाजीका सञ्जालमा आह्वान गरेको समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताउनुभयाे ।
त्यस पश्चात् करिव १ सय ५० बढिले नवजीवन परोपकार समाजमा नाम दिएका छन् ।

आगामी माघ २ गते ति व्यक्तिहरुलाई नवलपुरमा अवस्थित ‘सहाज कम्युनिटि हस्पिटल’मा खुट्टा प्रधान गरिने कार्यक्रमको आयोजना गरिएको छ ।
यता राजधानीको ‘नर्भीक इन्टरनेशनल हस्पिटल’मा ५० जना अपाङ्गता भएका व्यक्तिलाई आजबाटनै खुट्टाको नाप लिने कार्य सुरु भएको नर्भिक हस्पिटल निर्देशक तथा नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरी शाख्यले बताएनु भएको छ ।

अन्य अपाङ्ग भएका र कृतिम खुट्टा लगाउन चाहानेहरुले नवलपुर गैडाकोटमा सम्पर्क गर्न सकिने बताइएको छ ।
सम्पर्क नम्बर – 9842333140
इमेल – [email protected]
