सामाजीक अभियान्ता दुर्गालाई मन्त्री लालबाबुले दिए सम्मान्

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गा नाथ दाहाल सम्मानीत भएका छन् ।

क्यान्सर केयर नेपालको पहिलो बार्षिक उत्सव तथा सिता अर्गानिक एग्रो प्राली को तेश्रो बार्षिक उत्सव कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनलाई सामान्य प्रशासन तथा संघिय मामीला मन्त्री लालबाबु पण्डितले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

दिन रात सामाजीक कार्यक्रमा खटिरहेने दाहाल आफु सम्मानीत भएको धेरै खुसि भएको बताउछन्।

कार्यक्रममा विभिन्न तरिकाले समाजीक कार्य गरिरहेका व्यक्तिहरुलाई सम्मान गरिएको पत्रकारीता क्षेत्रबाट उपचारको क्षेत्रबाट अन्य कुनै पनि क्षेत्रबाट समाजीक कार्य गर्ने संस्थालाई सहयोग गर्ने विभिन्न ६१ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा सामान्य प्रशासन तथा संघिय मामीला मन्त्री लालबाबु पण्डित प्रमुख अतिथि रहेका थिए भने विभिन्न नगरपालीका नगर प्रमुख तथा विभिन्न हस्पिटलका डक्टर लगायत सामाजीक कार्यमा संलग्न व्यक्तिहरु सहभागी भएका थिए।

मन्त्री पण्डितले दाहालसँगै ६१ जनालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यता नवजीवन परोपकार समाजले भने आफ्नै भवन बनाउने कार्यमा जुटेको छ ।

यसका लागी संस्थालाई सहयोग गर्न अपिल समेत गरेका छन् ।