काठमाडौं– सामाजिक संस्था नवजीवन परोपकार समाजको आफ्नै भवन निमार्णका लागि धार्मीक व्यक्तित्व तथा यस संस्थाका संरक्षक मदन कृष्ण शर्माद्धारा रु.१ लाख रकम सहयोग प्राप्त भएको छ। विगत लामो समयदेखी धार्मीक तथा समाजीका कार्यमा संलग्न हुँदै आएका शर्माले सामाजिकसंस्थाले काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ मनमैजु खुलालटार स्थित ६ रोपनी ५ आना जग्गामा निमार्ण गर्न लागिएको भवन निमार्णका लागि संस्थालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
नवजीवन परोपकार समाज विगत एक बर्ष देखी औपचारिक रुपमा दर्ता भई सामाजिक कार्यमा सक्रिय संस्था हो। संस्थाले हाल सम्म घरबार बिहिन, अशक्त असाहाय वालवालिका देखी बृद्धासम्म र पशुपंक्षी तथा प्राणिहरुको उद्धार, उपचार र साहारा दिइरहेको छ। जसका लागि आफ्नै भवन (नवजीवन ग्राम)को आवश्यकता भएकाले भवन निमार्णका लागि ठूलो रकमको आवश्यकता पर्न जान्छ। त्यसकारण भवन निमार्णका लागि मदन कृष्ण शर्माले गर्नुभएको सहयोग प्रति नवजीवन परोपकार समाज हार्दीक आभार व्यक्त गर्दछ। र यस पुन्य कार्यमा तपाई हामी सबैले हातेमालो गरौं।
