काठमाडौं – सामाजीक संस्था नवजिवन परोपकार समाजको भवन निर्माण हुने भएपछि अहिले सम्ममा ५ लाख बढि रकम संकलन भएको छ।

शनिवार काठमाडौंको मध्य बानेश्वरमा अवस्थीत कविर आश्रममा उक्त संस्थाले आयोजना गरेको एक कार्यक्रमका विच उक्त रकम संकलन भएको हो ।
कार्यक्रममा उपस्थित संस्थाका पदाधिकारी अन्य सहयोगीहरुले गरेको सहयोग रकम ५ लाख भन्दा बढी भएको हो ।

कार्यक्रममा उपस्थित सवैले आफुले सकेको सहयोग गर्ने बताएका छन् ।
यस्तै संस्थाका संस्थापक संरक्षक मदन कृष्ण शर्माले यो संस्थाले आगामी दिनमा सडकमा व्यवारिसे अवस्थामा रहेका रोगी तथा दुखि बालबच्चा,बृद्ध,महिला तथा सहारा नपाएका व्यक्तिहरुको उद्धार गरि उनिहरुलाई लालन पोषण गरिने बताएका छन् ।

संस्थाले यस्ता सडकमा रहेका विभिन्न प्रकारका दुर्घटनामा परि घाइते भएका गरिविका कारण सडकमा दुख गरिरहेका तथा विभिन्न पशुचौपायहरुको उद्धार उपचार गर्दै आएको छ ।
कार्यक्रम सकिए लगत्तै उक्त टोली भवन निमार्णस्थल अवलोकनका लागी निस्कीएको थियो ।

काठमाडौंको तारकेश्वर नगरपालीका मनमैजुमा एक बस्नेत परिवारले दिएको ६ रोपनी ५ आना जग्गामा भवन निमार्ण हुने छ ।

उक्त भवन निमार्ण पछि संस्थाले उद्धार उपचार गरेका व्यक्तिहरुलाई उक्त आश्रम सम्म स्थान्तरण गरीने छ ।

