काठमाडौं– गत आईतबार राती भएको आगलागीमापरि सर्वश्व गुमाउनु हुने कालिकोट जिल्लाको पलाता गाउँपलिका वडा नं. १ का ४५० भन्दा बढि अग्निपिडित दाजुभाइहरु प्रति सहानुभूति प्रकट गर्दै पीडित दाजुभाइका निम्ति नवजीवन परोपकार समाजले न्यानो कपडाका साथमा आर्थीक तथा खाद्यान्न संकलन गरि हस्तान्तरण गर्ने कार्यक्रम तय गरेका छाैं ।

त्यसैले यस बिपत्तिको घडीमा सम्पूर्ण मनकारी नेपाली दाजुभाइले आफुले सकेको सहयोग गरी दिनुहुन हार्दिक अपिल गर्दछौँ। संकलित सहयोग हामी पीडितहरुलाई स्थानिय स्तरमै पुगेर प्रत्यक्ष हस्तान्तरण गर्ने छौं। त्यसैले यदि कोही सहयोगका लागि इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ। त्यसका लागि निम्न ठेगाना तथा व्यक्तीहरुसँग सम्पर्क गर्न सक्नु हुनेछ।
दुर्गानाथ दाहाल (अधक्ष्य) नवजीवन परोपकार समाज – ९८५१०५९८९२
मिराकेसी – ९८४१५२५४०६
प्रविन श्रेष्ठ – ९८०१२१७०१९
विजय कुमार पोखरेल – ९८४९०९६०७५
मानव कल्याण समाज – ९८४५६३७०३७

