काठमाडौं – नवजीवन परोपकार समाजद्धारा सडकमा अलपत्र असाहय मानिसहरुलाई गाँस र कपास वितरण गरेको छ।
बुधवार राति ९ बजेबाट शुरु भएको उक्त कार्यक्रमा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल, नायिका आशिका तामाङ्,नवजीवन परोपकार समाजका संस्थापक महासचिव मात्रिका प्याकुरेल, प्रदिप कुमार रिजाल लागयतका सस्थामा आवद्ध व्यक्तिहरुको उपस्थीतिामा काठमाडौंको विभिन्न स्थानमा रहेका अलपत्र मानिसहरुलाई खाना र ब्याङ्केट वितरण गरिएको हो ।

नायिका आशिका तामाङ्ले ब्ल्याङकेट त्यस्तै कलाकार निरु खड्का (निर्मली)को छोरा श्लोक गौतमको जन्मदिनको अवसरमा केहि ब्ल्याङकेट खरिद गरी वितरण गरिएको हो ।
विभिन्न कारणले गर्दा सडक सम्म आईपुगेका ति व्यक्तिहरुलाई खाना र नाना वितरण गर्दा धेरै खुसी व्यक्त गरेका छन् ।

कतिपय व्यक्तिहरु ठेकेदारको लापरवाहिका कारण सडकमा आउनु परेको बताउछन् भने कतिपय घरबाट निकालिएको दर्दनाक कथा सुनाउछन्।
सडकमा उक्त समान वितरण गर्ने क्रमा भु.पु प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको गाडि चालक तारा बहादुर कार्की पनि परिवारको कारणले सडमा आउनु परेका बताउछन्।

यस्तै विभिन्न समस्याका कारण सडक सम्म खान र लाउन नपाएका व्यक्तिहरुलाई समाजद्धारा केहि राहत वितरण गरिएको हो।
यस्ता व्यवारिसे व्यतिहरुको उद्धारमा जुटेको यो संस्थाले धेरै व्यक्तिहरुको उद्धार गरिसकेको छ, यस सस्थाले आफ्नै आश्रम नहुँदा केहि असहज भएको कारणले अब भने यस्ता व्यक्तिहरुलाई सडकबाट आश्रम (ग्राम) सम्म ल्याउनका लागी निर्माण हुने भएको छ ।

उक्त भवन निर्माण भएपछि त्यास्ता व्यक्तिहरुलाई उद्धार गर्ने बताइएको छ।

काठमाडौंको तारकेश्वर नगपालीक मनमैजुमा ६ रोपनी ५ आना जग्गामा उक्त भवन निमार्ण हुने भएको छ ।
