नवजीवन परोपकार समाजको भवन निर्माणका लागी शान्ता घिमिरेको ५५,५०० सहयोग

काठमाडौं – सडकका पेटिमा व्यवारीसे अवस्थामा भेटिएका तथा गाडिले घाइते बनाएका, विरामी परेर असक्त बनेका प्राणिको हितका लागी अहोरात्र खटिरहेको नवजीवन परोपकार समाजको आफ्नै भवन बन्ने भए पछि देश तथा विदेशबाट सहयोग रकम आउन थालेको छ।

काभ्रे घर भई हाल इजराइल बस्दै आएकी शान्ता घिमिरेले भवन निर्माणकै लागी भनेर ५५,५०० सहयोग रकम हस्तान्तरण गरेकी छन्।

उनले यस्ता सामाजीक कार्यमा धेरै सहयोग गर्दै आएको बताएकी छन्।

अलपत्र परेका घरवार विहिन बनेका असक्त व्यक्तिहरुको सेवामा समर्पित रहेको यो संस्थाको आज सम्म आफ्नै भवन छैन, तर अब काठमाडौंको मनमैजुमा भवन बन्ने भएको छ।

भवन बनाउका लागी भनेर एक बस्नेत परिवारले ६ रोपनि ५ आना जग्दा दान गरेका थिए तर आर्थिक अभावका कारण भवन बनाउन सकिरहेको थिएन।

अब भने देश तथा विदेशबाट सहयोग रकम जम्मा हुन थालेपछि केहि अघिमात्र उक्त जग्गामा डोजर लगाएर भवन निर्माण कार्य सुरु भएको छ ।

समाजमा आवद्ध सवै सदस्यले देश तथा विदेशमा रहनु भएका नेपालीलाई आफुले सकेको सहयोग गर्न अपिल गरेका छन् ।

घिमिरेको यो सहयोग पाएर संस्थाले अब चाडै नै भवन निर्माण सम्पन गर्न हौसला मिलेको संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल ले बताएका छन् ।