काठमाडौं – नवजीवन परोपकार समाजले अर्को उदारणीय काम गरेको छ। काठमाडौंको गौरीघाटको बाटोमा मागेर आफ्नो गुजार चलाउदै आएकी बिक्षु बस्नेत गत केहि दिन अघि मात्र भाडाँमा बस्दै आएको घरको ट्वाइलेटमा अकस्मात लडेर घाइते भएपछि उनलाई घरवेटिले पशुपति आर्यघाटमा लगेर फालेको अवस्थामा उनलाई भेटेर नवजीवन परोपकार समाजले विर अस्पतालमा लगेर उपाचार गरिरहेको छ।
घाइते बस्नेत मृत्युको मुखमा पुगेका बेला घरमा मर्न दिनु हुदैन भनेर घरबेटिले आर्यघाटमा लगेर छाडेको थियो । उनी आर्यघाटमा छटपटाई रहेको अवस्थामा संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले देखे पछि अस्पताल सम्म पु¥याएर उपचार भइरहेको छ ।
अस्पतालमा लगेपछि अस्पतालले प्राथमिक उपचार समेत नगरी विरामीलाई टाउकोमा समस्या भएका कारण विर हस्पिटलले सिटि स्केन गर्नु पर्छ यहाँ हाम्रो सिटि स्केन मेसिन विग्रिएको छ अर्को हस्पिटल लगेर सिटि स्केन गर्नु भन्दै अस्पताल पन्छिएपछि नवजीवन परोपकार समाजका उद्धारकर्मीहरु उनको उपचारको लागी बैंक गएको मौका छोपि हस्पिटल प्रसासनले उनको उपाचार गर्नु सट्टा उनलाई हस्पिटल बाहिर निकालाको थियो, उनलाई अलपत्र परेको देखेपछि ट्राफिक प्रहरीले घर सम्म पु¥याएको थियो। पुन पनि घरबेटिले उनलाई मध्यरातमा गाली गलैज गर्दै त्यहि आर्यघाटमै लगेर छाडेपछि समाजका उद्धारकर्मीहरु मिलेर चार दिन सम्म उनको खोजीकार्य गर्दा आर्यघाटमा भेटिएको थियो त्यस पश्चात पुन विरअस्पताल सम्म लगेर सामाजीक अभियन्ता प्रविन श्रेष्ठ लगायतको अन्य सामाजीक अभियन्ताको सहयोगमा तथा न्युज २४ टेलिभिजन बाट प्रसारण हुँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रम टोली र नवजीवन परोपकार समाजको दवाबमा उनलाई अस्पताल भर्ना गरेर अहिले उपचार भइरहेको छ ।

सहयोगका लागी सम्पर्क नम्बरहरु–
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल – ९८५१०५९८९२
सामाजीक अभियन्ता प्रविन श्रेष्ठ – ९८०१२१७०१९
