काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाज आफ्नै भवन निर्माण कार्यमा सक्रिय भएको छ।
काठमाडौंको मनमैजु स्थीत एक बस्नेत परिवारले दिएको ६ रोपनी ६ आना जग्गामा संस्थाले आफ्नै भवन बनाउन लागेको हो ।

लामो समयको प्रयास पछि गत मंगलवार उक्त जग्गामा डोजर लगाएर निर्माणकार्य सुरु गरिएको संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन्। दाहालका अनुसार बस्नेत परिवारले यस अघिनै जग्गा दिए पनी नगरपालीकाले जग्गा पास गरेको थिएन ।
तारकेश्वर नगरपालीका मा पर्ने उक्त जग्गा तारकेश्वर न.पाले स्विकृत गरेपछि भवन निमार्ण कार्यमा लागेको बताएका छन् ।
नवजीवन जस्तो सडकमा व्यवारिसे, अलपत्र भएका वा विरामी परेका पशु चौपाय र मानीसको उद्धारमा जुटेको संस्थालाई पुर्खाले भोगचलन गरेको भएको पनि संस्थालाई दिए सबै अलपत्र भएका व्यक्तीहरुको उद्धारमा राहत मिल्छ भनेर जग्गा दान गरेको जग्गादाता माधव बस्नेतले बताएका छन् ।
यस अघि सडकमा अलपत्र भएका वा मनोरोगी व्यक्तीहरुको भक्तपुर स्थीत मानव कल्याण सेवा घरमा राख्दै आएको थियो तर अब भवन निमार्ण सम्पन्न पछि भने संस्थाले आफ्नै भवनमा राख्ने अध्यक्ष दाहालको भनाई रहेको छ ।
उक्त वडाका वडाध्यक्ष सानुकाजी खत्रीले यस्तो संस्थाको काममा आफु र सबै वडा ले नै सकेको सहयोग गर्ने बताएका छन्। उनले भने ‘यस्तो संस्था आफ्नै वडामा आएकोमा धेरै खुसी लागेको छ, अब मैले र हामी सबै वडा परिवार र नगापालीका परिवारले सकेको सहयोग छौ,।
यस्तै नवजीवन परोपकार समाजले देश तथा विदेशमा रहेका हरेक नेपालीलाई आफुले सकेको सहयोग गरेर संस्थाको भवन निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।
संस्थाले एक्लै भवन निर्माण गर्न नसक्ने भएका कारण आफुलाई जे सहयोग गर्न इच्छा छ त्यही सहयोग गरी मानवीयताको परिचय दिनको लागी अपिल गरेको छ ।
