नवजीवनद्धारा सिंहदरवार आगडिबाट एक मनोरोगीको उद्धार

काठमाडौं – देशको सवैक्षेत्रको विकास गर्ने सिंहदरवारबाट नै हो।
आज त्यहि सिंहदरवार आगाडिबाट एक जना आफ्नो नाम थर समेत नखुलेका मनोरोगीलाई हाम्रो नवजीवन परोपकारले उद्धार गरेको छ ।
हेर्दा मंगोलियन जस्ता देखिने, आफ्नो नाम थर तथा ठेगाना समेत भन्न नसक्ने अवस्थामा उनलाई सस्थाले उद्धार गरेको हो।
संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल, कोषाध्यक्ष राधेश्याम खड्का ज्युको सहभागीतामा उक्त कार्य भएको अध्यक्ष दाहाल ले बताएका छन् ।
अन्दाजी २५–३० बर्षका देखिने उनलाई उद्धार पश्चात् भक्तपुरको मानव कल्याणमा लगीएको छ ।
उनि को हुन कहाँबाट आएका हुन् उनको परिवारको समेत कुनै पत्ता लागेको छैन।