काठमाडौं– नवजीवन परोकार समाजको नेपालमा मात्र नभई विदेशमा पनि चर्चा सुरु भएको छ। समाजले गरेको कामले बिदेशमा पनि उतिकै चर्चा सुरु भएको हो । गत महिना मात्र पशुपतिनाथको दर्शनकालागी नेपाल आएकी भारतिय कलाकार सम्भावना सट्ठीले नवजीवन परोपकार समाजले गरिरहेको सेवालाई उनको आफ्नो युट्युव च्यानल मार्फत भारतीय दर्शकमाझ देखाएकी थिइन्। उक्त भिडियोका कारण यतिबेला नवजीवन परोपकार समाजको कार्यप्रति भारतीय नागरीकहरुले पनि चासो र स्यावासी व्यत्त गर्न थालेका छन्।
उनि पशुपतिनाथको परिसरमा आउदै गर्दा हाम्रो संस्थाका केही सदस्यहरुले बाटोमा रहेको लुतो ग्रस्त कुकुरलाई उपचार गरिरहेको देखेपछि सेठ्टी प्रभावित बनेकी थिइन्। उक्त समय उनले पनि हाम्रो काममा संलग्न भएर कुकुरको उपचारमा सहयोग गरेकी थिइन्। यहीँ कार्यको भिडियोे खिचेर सेठ्टीले आफ्नो च्यानलमा हालेकी छन् । उक्त भिडियो हालेपछि हाम्रो समाजलाई दर्शकहरुले निकै निकै हौसला प्रदान गरिरहेका छन्। सेट्ठीले अपलोड गरेको भिडियो यो समाचार तयार गरेको समय सम्ममा करिब ८४ हजारको हाराहारिमा हेरिएको भने अधिकांमस दर्शकले हाम्रो कामको प्रशंसा पनि गरेका छन्।
र यो पनि हेर्नुहोस्
Video on your official youtube channel
