काठमाडौं– नवजिवन परोपकार समाजको सहयोगमा भारतिय एक नागरिकले पुर्नजन्म पाएकी छन् । करिब ४ महिना अघि ललितपुरको भनिमण्डल स्थित सडकको फोहोरमा खानेकुरा खोजेर खादै गरेको अवस्थामा भेटिएकी उर्मी शाहलाई समाजको सहयोगमा उद्धार गरिएको हो।
साह मानसिक रोगि भएकाले यस्तो अवस्थामा फेला परेकी थिइन्। उक्त समय परोपकार समाजका संस्थापक तथा कोषाध्यक्ष राधेश्याम खड्काको बिशेष पहल र संस्थाका अन्य सदस्यहरुको सहकार्यमा साहलाई भक्तपुरमा रहेको मानव कल्याण समाजमा उपचारका साथ बस्ने व्यबस्था गरिएको थियो। उपचार पछि साहको मानसीक अवस्थामा सुधार भइ उनले आफ्नो वास्तविक घर र आफन्तसँग जाने बताउदै आएकी थिइन्।
साहको घर जाने रहर र उनिमा देखिएको स्वास्थ्य अवस्थालाई ख्याल गरि हाम्रो संस्थाले उनलाई घर सम्म पुर्याउने निर्णय गरेको थियो। उनको स्वाथ्य अवस्था समान्य बनेपछि साहकै जानकारी अनुसार भारतको मरौडा पानापुर भन्ने ठाँउमा संस्थाकै साथ र सहयोगमा पुर्याइएको थियो। जहा उनको घर–परिवार रहेका छन्।
भारतीय नागरीक उर्मी साह करीव एक बर्षअघि बाट घर छाडेर हराइरहेकी रहिछन्। जुन कुरा साहका श्रीमान राम नारायण साह र छोरा जितेन्द्र साहले परोपकार समाजलाई जानकारी दिए। तर आफ्नी श्रीमति तथा आमा हराएको १ बर्ष पछि समाजिक संस्थाको साथमा घर आइपुग्दा परिवारजन आश्चर्य हुनका साथै उनिहरुका हर्सको आँसु बगेको थियो।
सामाजिक कार्यलाई निरन्तरता दिइरहेको हाम्रो संस्थाले सिमा भित्रमात्र नरहेर सिमा बाहिर सम्म पहुँच पुर्याउन सफल भएको छ। संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल र कोषाध्यक्ष राधेश्याम खड्काकाले पिडित साहलाई नेपालको सिमाना बाट करिब ५ सय किलोमिटर टाढा उनको घरमा पुर्याउने कष्ट गरेका थिए। अर्काको देश, अर्काको ठाँउ त्यसमा पनि मानसिक सन्तुलन गुमाएकी साहको कुरामा विस्वास गरेर उक्त ठाँउमा जान कम चुनौति थिएन। तर उक्त चुनौतिको कुनै प्रवाह नगरि सेवानै धर्महो भन्ने मुल मन्त्रका साथ संस्थाले साहको उद्धार गरेको थियो। जुन कर्मको फल एक बर्ष पछि उर्मी र उनको परिवारमा छाएको खुसिले प्रमाणित पनि गरेको छ।


