काठमाडौं– काडमाडौंका सडक तथा असाहाय वालवालिकाहरुलाई नवजीवन परोपकार समाजले दशैंकालागि नयाँ कपडा वितरण गरेको छ। सडक तथा असाहाय वालवालिकाहरुले पनि अन्य सर्वसाधरणले जस्तै दशैंको उमंग महशुस गर्न सक्नु पर्दछ भन्ने भावनाकासाथ संस्थाले वालवालिकाहरुलाई कपडा वितरण गरेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मन्दिर तथा सडकमा रहेका वालावालिकाहरुलाई दशैंका कपडा वितरण गर्ने संस्थाको लक्ष रहेको छ। सोही लक्ष अनुसार शुक्रबार काठमाडौंको महांकाल मन्दिर र भद्रकाली मंदिरमा रहेका १०० जना जति वालवालिकाहरुलाई कपडा वितरण गरिएको हो।

संस्थाका संस्थापक सदस्य मिरा केसीका अनुसार वालिवालिकाहरुलाई वितरण गरिएका उक्त कपडा भने संस्थाका सदस्य तथा संस्थाप्रति आस्थावान व्यक्तीहरुबाट प्राप्त भएको थियो। जसमा व्यवसायि सुमन श्रेष्ठ, रमेश कुमार अधिकारी, शान्ता घिमिरे, सुरज कुँवर, तेजेन्द्र थापा, कल्याण लामिछाने, कमला बुढाथोकी ठकुरीलगायतले सहयोग प्रदान गर्नु भएको थियो।

शुक्रबारको कपडा वितरण कार्यमा संस्थाका सदस्यहरुसहित कलाकार मुस्कान लामिछने, योग गूरु कंचन घिमिरे, समाजसेवी दिपकराज पराजुलीलगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

संस्थाको लक्ष अनुरुप काठमाडौं, भक्तपुर र ललितपुरका अन्य स्थानहरुमा पनि शनिवार र आइतवार कपडा वितरण गरिने संस्थाका अधक्ष दुर्गानाथ दाहालले जानकारी दिए। उनले भने,‘हाम्रो कपडा वितरण कार्य केही दिन अझै जारी रहने छ र यस्ता सडक वालवालिका ताथ वृद्धहरुका लागि पनि चाँडैनै काठमाडौंको तरकेश्वर न.पा ७ स्थित मनमैजुान नवजीवन ग्राम (आश्रम)को व्यवस्था गरिने छ।’




