अन्तिम यात्रा : जीवन देखि मृत्युशैयासम्म

दुर्गानाथ दाहाल
अध्यक्ष ,नवजीवन परोपकार समाज

अन्तिम यात्रा : जीवन देखि मृत्युशैयासम्म

सृष्टि एउटा रहस्य हो र यस रहस्यलाई बुमmन अनेकौं सन्त , महात्मा र विद्वानहरु यस धर्तीमा आउनुभयो । उहाँहरुद्वारा प्रसारित ज्ञानद्वारा नै समाज उजागर हुँदै गयो र संस्कृति पनि त्यस अनुसार परिवर्तन हुँदै गयो । रहस्य एउटा अन्धकार हो जब यसलाई प्रकाशको माध्यमद्वारा सुल्मmाईन्छ , तब त्यसलाई ज्ञान भनिन्छ । रहस्य र ज्ञानको विभिन्न स्तर छन् ।
उसो भए रहस्यको अन्त कहाँ छ र ज्ञानको अन्त्य कहाँ छ त < यस स्थूल संसारमा मृत्यु एउटा शाश्वत सत्य हो र सबै यसको प्रतीक्षामै छौं । तर पनि हामी यसको भयबाट मुक्त छौं त < पक्कै छैनौं । यसको कारण के हो त < सन्त , महात्मा र विद्वानहरुले आत्माको विषयमा निकै व्याख्या गर्नुभएको छ । भगवान श्री कृष्णले गीतामा भन्नुभए अनुसार मानिसले जसरी कपडा फेर्छ त्यसै गरी आत्माले पनि एउटा शरीर छोडेर अर्को शरीर धारण गर्छ । शरीर नश्वर छ तर आत्मा अजर अमर छ र यसको मृत्यु हुदैन । गीताको एउटा श्लोकमा स्पष्ट छ M “अवजानन्ति मां मूढा मानुषीं तनूमाश्रितम् । परं भावमजानन्तो मम भूतमहेश्वरम् ”।अर्थात जो अज्ञानी छन् , उनीहरु मेरो मनुष्य शरीरलाई देखेर उपहास गर्छन किनकी उनीहरुले मेरो दिव्य स्वरुपलाई चिनेका छैनन् , जबकी म नै यस सृष्टिको संचालनकर्ता हुं भन्नुभएको छ । हामीमध्ये धेरैले एउटा मानिसको शवयात्राबाट धेरै कुरा सिक्न सक्छौं । एउटा मानिसको शवयात्रामा सम्मिलित मानिसको संख्याबाट नै त्यो व्यक्ति कस्तो थियो भन्ने कुराको हामी अनुमान लगाउने गर्छौं । एउटा सामान्य कुरा के हो भने सज्जन व्यक्तिका शवयात्रामा धेरै सहभागी हुन्छन् , तर त्यहाँ संख्यात्मक रुप भन्दा भावनालाई पनि हेर्दा कतीपय केवल सामाजिक अपमानको भयले पनि उपस्थित भएका हुन्छन् । एउटा धनको घमण्डी , चरम स्वार्थी र अमानवीय व्यक्ति जीवनभरी पैसाकै पछाडी अन्धाधुन्ध दौडिरहन्छ , तर अन्तिममा त्यो पैसा उसको लागी अर्थहीन हुन्छ । किनकी उसको मानवीय र सामाजिक सम्बन्ध चाखलाग्दो हुँदैन । तर यसको अर्थ कामै नगर्ने , धन नै नकमाउने भन्ने होईन , बरु आर्जित धनको सदुपयोगीता भन्न खोजिएको हो । हामीले गर्ने हरेक कर्म सेवा नै हो , हामी कसैले आफनो काम गरेर धन आर्जन गरेका हुदैन अरुको सेवा गरेर नै धन आर्जन गरिने हो । मृत्यु आश्चर्यको कुरा होईन जन्मपछि यो समय ढिलोचाँडो आउँछ नै भने यसमा दु:ख मान्नुपर्ने कुरा के छ त ? तर पनि हामीमध्ये धेरै यस विषयमा दु:खी हुने गर्छौं । तर यस कुरामा दु:ख मनाउ गर्नुको सट्टा यस बहुमुल्य जीवनको सदुपयोग कसरी गर्ने भन्ने बारेमा सोच्दा सार्थक हुन्छ । रतन टाटा , भारतका एक धनी व्यापारी हुन । उनको वार्षिक आम्दानी कुनै एउटा सानो मुलुकको भन्दा पनि बढि छ । तर पनि उनले आफनो कमाईको आधाभन्दा बढी दान पूण्यमै खर्च गर्छन । तर पनि उनी सधैं विनम्र छन र आफुसँग अटोग्राफ लिन चाहने जो कोहीसंग पनि अँगालो मारेर अथवा भुईंमा बसेर फोटो खिच्छन् । उनले आफनो जीवनलाई सार्थक बनाए , तर कतीपय मानिस यसको विपरीत छन् । जीवनलाई सार्थक बनाउन तपाईं सफल अथावा विश्वको धनी मानिसको लिस्टमा सामेल हुनैपर्छ भन्ने छैन् । एउटा मध्यम वर्गीय परिवारको व्यक्ति जसले केही बचत पनि गरेको छ र आफनो दैनिक जिम्मेवारी सिध्याएपछि आफनो परिवारसंग हाँसीखुशी समय बिताउँछ , हरसमय खुशी र सन्तुष्ट रहन्छ र कसैको नराम्रो चर्चा गर्दैन , वास्तवमा त्यही व्यक्तिको जीवनलाई सार्थक मान्न सकिन्छ । (क्रमश: ) For Donation : Address : Tarakeshwor-7 , Kathmandu , Nepal Contact : +977 9851059892, 9841525406, 9848738640 Email: [email protected] Website: navajeevan.org.np Youtube : Navajeevan Paropakar Samaj Facebook : facebook.com/navajeevanparopakarsamaj Fonepay:Agricultural Development Bank , Nepal NAVJEEVAN PAROPAKAR SAMAJ Code :#2105182204 Terminal :#402368