काठमाडौं । यतिबेला नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई फुल टिप्न भ्याइ नभ्याइ छ । उनले जग्गा भाडामा लिएर आश्रम वरिपरि फुल खेति गरेका छन् ।
उनी आफुले गरेको फुल खेतीबाट कमाएको पैसाले आश्रमका बुवाआमाको खानपिन र औषधि उपचारमा खर्च गर्छन । अहिलेसम्म करिब फुल बिक्री गरेर करिब एक लाख रुपैयाँ कमाइ भएको दुर्गानाथ बताउँछन् ।
दुर्गानाथको फुलखेतीमा पानी हाल्ने गोडमेल गर्ने काम आश्रमका बुवा आमाले गर्छन । “यसवर्ष मात्रै होइन पाँच वर्षदेखि फुलखेति गर्दै आश्रमका बुवा–आमाको भ्रणपोषण र औषधि उपचार गरिरहेको छु । यही खेतिले धेरै हदसम्म आत्मानिर्भर र सहाराविहीन बुवा आमाको सेवामा सहयोग पु¥याएको छ,” उनले भने ।
प्रत्येक वर्ष फुलको लागि करोडौँ रुपैयाँ बाहिरिने गरेका छन् । नेपालको अधिकांश खेतबारी बाझै छ । लाखौँ युवाहरु विदेश पलायन भएका छन् ।
ती युवालाई प्रेरणा मिलोस् भन्ने हेतुले पनि यसरी लागि परेको सेवा र कर्ममा लागि परेको दुर्गा बताउँछन् ।
दुर्गानाथले भने, “म यसैमा खुसी छु । आश्रमका बुवा आमासँगै तरकारी खेती र फुल खेति गर्ने गरेको छु । बारीको फुल टिपरेर बाटो घोटोमा बेच्छु ।”
हाल आश्रममा सहाराविहीन ३० जना बुबाआमा बस्दै आएका छन् । नवजीवनले सयौँको संख्यामा पशुपन्छीलाई पनि संरक्षण गर्दै आएको छ । नवजीवन परोपकार समाजको आश्रम तारकेश्वर नगरपालिका–७ फुटुङमा रहेको छ ।

