काठमाडौं । नवजीवन परोपकार समाजले शिवपुरी राष्ट्रिय निकुञ्जबाट एक युवालाई बेवारिसे अवस्थामा उद्धार गरेको छ ।
बेवारिसे अवस्थामा फेला परेका उनी अहिले नवजीवन परोपकार समाजमै छन् ।
उनको घर ठेगाना केही पनि थाहा नभएको नवजीवनका संस्थापक अध्यक्ष दर्गानाथ दाहालले बताए ।
उनले अन्य नागरिकलाई पनि उनको घर खोजि गरिदिन आग्रह गरेका छन् ।

“नुवाकोटबाट फर्किदै गर्दा उनलाई बेवारिसे अवस्थामा फेला पार्यौ । त्यसपछि उद्धार गरेर नवजीवनमा ल्याएका छौँ । उहाँको घर खोजि गर्न सहयोग गरिदिन आग्रह गर्दछु,” उनले भने, “बेवारिसे व्यक्ति उद्दार गर्दा प्रहरी वा वडाकोपत्र चाहिने थियो । यो बर्खाको बेलामा नियम कानुन भन्दा पहिला मानव तथा मानवियता ठुलो देखेर उद्दार गरेका छौँँ ।”
उनको घर खोज्न समस्या भएकाले नवजीवन परिवारले घर खोज्न सहयोग गरिदिन अनुरोध गरेको हो ।
