६ वर्षदेखि खोरमा थुनिएका दिपकको उद्धार, नवजीवनले यसरी गर्दैछ उपचार

काठमाडौं । ताप्लेजुङ आठायी त्रिवेणी गाउँपालिकाका दिपक भट्टराईको उद्धार गरिएको छ । ग्यालेक्सी फोके सिधा कुरा टेलिभिजन सहयोग, गाउँपालिकाको समन्वयमा नवजीवन परोपकार समाजले उद्धार गरेको हो ।

नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार अहिले उनको उपचार अघि बढेको छ ।
नरमाया भट्टराईका ३३ वर्षीय छोरा दिपक भट्टराई मानसिक रोकका कारण ६ वर्षदेखि खोरमा थुनिएर बसेका थिए ।

सोही विषयमा ग्यालेक्सी टिभिले गत बिहीबार रिपोर्ट प्रसारण गरेको थियो ।
सो रिपोर्ट सिधाकुरामा प्रसारण गरेपछि नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल र सचिव शान्ति तिवारी उनको घरमै पुगेका थिए ।

सिधाकुरामा समाचार रिपोर्ट प्रसारण भएपछि आठायी त्रिवेणी गाउँपालिकाको समन्वयमा नवजीवनले उद्धार गरेर काठमाडौं ल्याएको संस्थापक अध्यक्ष दाहालले बताए ।

विगत ६ वर्षदेखि मनमायाको छोराकै चिन्तामा थिइन । अध्यक्ष दाहालका अनुसार अहिले पाटक अस्पतालमा उपचार भइरहेको छ । उनले भने, “अहिले पाटन मानसिक अस्पतालमा उपचार गरिरहेका छौँ । उनको स्वास्थ्यमा सुधार आएको छ ।”

छोराले केही गर्ला भन्ने उमेरमा खोरमा थुनेर वृद्ध बावुआमा बेसहारा बेनका थिए । अहिले मनमायालाई छोरा पुरानै अवस्थामा फर्किने आशा पलाएको छ ।

ग्यालेक्सी टेलिभिजनका ताप्लेजुङ संवाददाता देवराज गुङरुले सो रिपोर्टिङ गरेका थिए ।दिपक र उनका बुवालाई काठमाडौंसम्म पुर्याउन गाउँपालिकाले खर्च र समन्वयको व्यवस्थापन गरेको छ ।

खोरबाट निस्किएर बुढेसकालमा पुगेका बाबुआमालाई कुटपिट गर्ने र भागेर जाने समस्या थियो । त्यसैले उनलाई खोरमा बन्धक बनाएर राखिएको थियो ।