नवजीवनले एक साताभित्र ६ जना सहाराविहीन मानवको उद्धार गर्यो


काठमाडौं । नवजीवन परोपकार समाजले एक साताभित्र ६ जना सडक मानवको उद्धार गरेको छ । सडकमा अलपत्र परिवारविहीन वृद्धवृद्धा, महिला तथा मनोरोगीको उद्धार गरिएको हो ।
नवजीवनमा संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले काठमाडौंका विभिन्न ठाउँबाट ६ जनालाई उद्धार गरिएको जानकारी दिए ।

त्यस्तै उनले उद्धारमा प्रत्यक्ष रुपमा साथ दिने दाताहरुलाई आभार व्यक्त गरेका छन् । नवजीवनको कार्यालय तारकेश्वर फटुङ वडा नम्बर ७ मा पर्दछ । नवजीवन समाज परिवारले विगत लामो समयदेखि सहाराविहीन मानवको उद्धार गरी सहारा दिदै आएको छ । सहाराविहीन, शारीरिक अपांंगता भएकाहरुलाई उद्धार गर्न सवारी खरिद पनि गरेको छ ।

यसले वृद्धवद्धालाई अस्पताल लैजान ल्याउन, घुमघाम र ओहोरदोहोर गर्न सजिलो हुने बताए ।