जेष्ठ नागरिक अमृत कुमारी अधिकारीको ८४ औं विधि पूजा सम्पन्न, वृद्धभत्ताको पैसा नवजीवन वृद्ध आश्रम उपचार कोषमा जम्मा


काठमाडौं । नवजीवन परोपकार समाजले आश्रममा बस्ने जेष्ठ नागरिक अमृत कुमारी अधिकारीको ८४ औं विधि पूजा समारोह सम्पन्न गरेको छ ।

सोही क्रममा वृद्धभत्ताको पैसा बचत गरेर ८४ पूजा गर्दा तुलादान गरेको रकम नवजीवन वृद्ध आश्रम उपचार कोषमा जम्मा गरेको छ ।

आश्रमका वृद्धवद्धाहरुले जम्मा गरेको सो रकम उपचार कोषमा जम्मा गरिएको नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

समारोहमा विभिन्न क्षेत्रका दाताहरु, नवजीवन परिवारको सहभागिता थियो । प्रसाद ग्रहण गरेर विधि पूजा सम्पन्न भएको अध्यक्ष दाहालले बताए ।