ककनीको बिजुली तारमा झुन्डिएका माइला नवजीवनको जिम्मामा, स्वास्थ्य परिक्षण गरिदै


काठमाडौं । ककनीको त्रिशूलीको प्रसारण लाइनमा झुन्डिएको माइला विकलाई काठमाडौंको नवजीवन परोपकार समाजको जिम्मा लगाइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका विकलाई तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवनको जिम्मा लगाइएको हो ।
ककनीको प्रसारण लाइनमा शनिबार ६ घण्टा झुण्डिएका थिए । प्रसारण लाइनमा झुन्डिएपछि प्रहरी, सशस्त्र प्रहरीले उद्धार गर्न ललाइ फकाइ गरेको थियो ।


माइलाले नमानेपछि सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको थियो । सेनाले उद्धार गरेर प्रहरी ककनी प्रहरीको जिम्मा लगाइएको थियो ।
माइलालाई अहिले स्वास्थ्य परिक्षणका लागि ललितपुरस्थित पाटन अस्पतालमा लैजाने तयारी भएको नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले बताए । “उद्धार गरेर प्रहरीले हामीलाई जिम्मा लगाएको थियो । अहिले केही बेरमा माइलाको स्वास्थ्य परिक्षणका लागि अस्पताल लैजादैछौँ,” दुर्गानाथले भने ।