रामेछाप की ४० वर्षीया खड्गमाया खड्का उपचारको खोजीमा (भिडियोसहित)

काठमाडौं । आँखामा मासु पलाएको र दुबै खुट्टा नचल्ने अवस्थामा छिन् । पिडादायक जीवन बाँच्न बाध्य रामेछापकी ४० वर्षीया खड्गमाया खड्का उपचारको खोजीमा भौतारिरहेकी छिन् । उनका बुवा आमा छैनन् । उनका दाजु पनि शारिरीक अपांगताले पिल्सिएका छन् ।

“यति आँखामा पलाएको मासुको भाग फाल्न पाए धेरै सजिलो हुने थियो । यसकै कारण ८ वर्षदेखि राम्रोसँग खान पनि सकेकी छैन । सबै दातालाई अनुरोध छ मेरो यो उपचार गर्न पहल गर्दिनुस्,” स्थानिय पत्रकार राजन खड्कासँग रुदै बिलौना गरिन ।

नवजीवन परोपकार समाज ले अहिले उपचारको लागि सामाजिक दाता खोजिरहेको छ । खड्काका उपचारको लागि तपाई सहयोगी दाताहरुले सहयोग गर्नसक्नुहुनेछ ।
नवजीवनका अध्यक्ष दुर्गा नाथ दाहालले केही हस्पिटल तथा सामाजिक दाताहरुसँग सलाह गरी उपचारको प्रयास भइरहेको बताए ।

 

सहयोगी दाता तथा संघसंस्थाहरुले उपचारको लागि नवजीवनको खातामा आफूले सक्नेजति रकम सहयोग गर्न सक्नुहुनेछ ।साथै दुर्गानाथ दाहालको मोबाईल नम्बरमा फोन गरेर पनि जानकारी लिन सक्नुहुनेछ । दाताहरुले खडगमायाको उपचारको लागि गरेको सहयोग सामाजिक सन्जालमा सार्वजनिक गरिनेछ ।
Contact : 9851059892
Account Holder:NAVJEEVAN PAROPAKAR SAMAJ
Name of bank: Agricultural Development Bank Ltd. Branch:Maharajgunj
Account Number: 0210401848480018