काठमाडौं । विश्वकै जेष्ठ नागरिक १२० वर्षीया बाछुली लामिछानेले शुद्ध शाकाहारी आध्यात्मिक आमा ग्रीन बुक अफ वल्र्ड रेकर्ड राख्ने भएकी छिन् ।
नवजीवन परोपकार समाजका संस्थापन अध्यक्ष दुर्गानाथ दाहालले भेटर सम्मान दिएको र आर्शिवाद लिएकी नुवाकोट ककनीकी बाटुली लामिछानेले उक्त रेकर्ड राख्ने भएकी हुन ।
१२० वर्षीया बाटुलीलाई सम्मानको साथै आर्शिवाद थाप्न नवजीवन परोपकार समाजका सञ्थापक अध्यक्ष दुर्गानाथ दाहाल नुवाकोट ककनी ८ पुगेका थिए ।
दाहालका अनुसार १२० वर्ष पुगेकी आमाले कान सुन्ने सबैकुरा बुझने बोल्ने गर्छिन् । ‘‘अरु मानिसले बोलेको कुरा बुझ्ने सुन्ने गर्नुहुदोरहेछ । तर आमाले बोलेको कुरा नबुझिने रहेछ,” दुर्गानाथले भने ।
रिमा सापकोटा तथा दुर्गानाथले गरेको सामाजिक कामको बारेमा पनाती श्याम ढुंगानाले जानकारी गराउदा आमाले टाउकोमा हात राखेर रिमा सापकोटा तथा दुर्गानाथलाई आर्शिवाद दिइन ।
बाटुली लामिछाने फाउण्डेशन की संस्थापक भवानी दाहालले विश्वकै दोस्रो जेष्ठ नागरिक भएको बताइन । ‘‘बाटुली लामिछाने नेपालकै जेष्ठ नागरिक हुनहुन्छ । यतिमात्रै नभएर विश्वकै दोस्रो जेष्ठ नागरिक पनि हुनुहुन्छ ।
उनले रिन्ज वल्र्डबुक अफ रेकर्डमा पनि नाम लेखाउन लागेको बताइन ।
जेष्ठ नागरीक आमाको लागी प्रदेश सरकार तथा दाताहरुको सहयोगमा बाटुली जेष्ठ नागरिक भवन पनि बनाएको छ ।
पनाती श्याम ढुंगाना भन्छन, ‘‘आमा यति लामो समय बाच्नु भएको सुद्ध शाकाहारी आध्यात्मिक ज्ञानले नै हो । आमाले छोरा नाती पनाती झनाती पनि देख्नु भयो ।”
दुर्गानाथले चार वर्ष पहिले नै अगाडि देखि नै आमाको आश्रीवाद लिन जाने मन भएको र आज पूरा भएको बताए । उनले खुसि लागेको पनि बताए ।

