काठमाडौं । नवजीवन परोपकार समाजको वार्षिकोत्सवको अवसरमा अपांगमैत्री जेष्ठ नागरिक भवन शिलान्यास र विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेर सम्पन्न भएको छ ।
गत शनिबार नवजीवन परोपकार समाजको साधारण सभा भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । विगत चार वर्षदेखि नवजीवनले सहाराविहीन सडक मानव तथा जेष्ठ नागरिकलाई उद्धार गर्दै आश्रयस्थल दिदै आएको छ ।
नवजीवनको चौथो वार्षिक उत्सवको अवसरमा एक सय जनाभन्दा बढि अटाउने अपांगमैत्री जेष्ठ नागरिक भवन शिलान्यास गरेको छ ।
राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेलको प्रमूख आतिथ्यमा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रमा व्यक्तित्वहरुलाई सम्मान प्रदान गरीएको थियो ।
टेलिभिजनकर्मी प्रकाश सुवेदी, नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समिर, डा. उदिप श्रेष्ठ, सूर्य किरण महिला समिति, धनेश्वर मेगा समिती, मदनकृष्ण शर्मा लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
कोरोना महामारीको बेलामा सामाजिक कार्यमा लाग्ने विभिन्न क्षेत्रमा मानिसहरुलाई संस्थाले सम्मान गरेको थियो । त्यस्तै आजिवन सदस्यता बन्न चाहने व्यक्तित्वहरुलाई पनि आजिवन सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।
नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले साधारण सभाले संस्था अझ बलियो प्रभावकारी बन्ने अपेक्षा गरेको बताए । उनले सामाजकार्यका योगदान गरेका विभिन्न क्षेत्रमा व्यक्तित्वहरुलाई नवजीवनसँग जोडिन आग्रह गरेका छन् ।





