काठमाडौं । नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाल म्युजिक एण्ड फिल्मस अवार्डबाट सम्मानित भएका छन् ।
समाज सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बिरिसु मिडिया प्रा.ली परिवारले सस्थापक अध्यक्ष दाहाललाई सम्मानित गरेको हो ।
स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ को कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको हातबाट सम्मानित भएका हुन ।
अध्यक्ष दाहाल १० विगत औँ वर्षदेखि समाजसेवाका क्षेत्रमा काम गर्दै आएका छन् । उनले सहारा विहिन मानव, अन्य प्राणीहरुलाई नवजीवन आश्रममा सहारा दिदै आएका छन् ।
यस्तै कोरोना महामारीमा अक्सिजन सिलिण्ड अभाव हुँदा अस्पतालमै विरामीलाई अक्सिजन पुर्याउने, २०७२ सालको भुकम्पमा घरबारविहीन भएका परिवारलाई राहत वितरण, बाढि पहिरोको बेलामा मानव उद्धार, राहत वितरण गरी अतुलनीय योगदान पुर्याएको छन् ।
