काठमाडौं । सामाजिक तथा सफल व्यवसायी हेमराज ढकालले आफ्नो जन्मदिनको अवसरका नवजीवन परोपकार समाजका वृद्धवद्धाहरुलाई चन्द्रागिरि केबलकार भ्रमण गराएका छन । ८ गते पर्न गएको उनको जन्मदिनको अवसर पारेर सोही दिन नवजीवनका २५ जना वृद्धवद्धाहरुलाई केबलकार भ्रमण गराएका हुन । 
ढकाल आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक रहेका छन । यस्त विभिन्न दाताहरुले नवजीवन परोपकार समाजमा जन्मदिन मनाएर भोजन सेवा गराउने घुमाउने काम गराउँदै आएका छन । यद्यपी नवजीवन परोपकार समाजमा रहेका सबै प्राणीलाई सेवा दिदै आएको छ ।

नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले वृद्धवद्धालाई औषधि उपचार, धार्मिक सांस्कृतिक स्थल भ्रमण गराउनका लागि दाताहरुबाट गाडि किन्ने रकम संकलन भइरहेको छ ।

