नवजीनको वृद्धवृद्धालाई अस्पताल आवतजावत र सहाराविहीनको उद्दारका लागि गाडि खरिद गर्न उशा गौतमद्धारा ५० हजार नगद सहयोग

काठमाडौं । नवजीवन परोपकार समाजमा बस्ने वृद्धवृद्धालाई अस्पताल जान र सहाराविहीन मानव प्राणी वा अन्य प्राणीहरुको उद्धारका लागि गाडि खरिद गर्न आध्यात्मिक धार्मिक सामाजिक व्यक्तित्व उशा गौतमले ५० हजार नगद सहयोग गरेकी छिन ।

बालुवाटार बस्दै आएकी गौतमले आश्रमका वृद्धवृद्धा आमा बुबाहरुलाई मोटरसाईकलमा अस्पताल लगिरहेको देखर यस्तो सहयोग गरेकी हुन ।

नवजीवनका अनुसार गाडि किन्नकै लागि गौतमको पहिलो सहयोग रहेको जनाएको छ । साथै नवजीवनद्धारा गौतमकै संयोजकत्वमा नवजीवन गाडि खरिद कोष स्थापना गरिएको छ । नवजीवन परिवारले यस्तो समाजसेवाको काममा जोकोही नागरिक जोडिनसक्ने जनाएको छ ।

संयोजक उशा गौतम 984-1789880
कोशाध्यक्ष मिरा केसी 9841080640
सदस्य दुर्गानाथ दाहाल 9851059892

Account Holder:
NAVJEEVAN PAROPAKAR SAMAJ
Name of bank: Agricultural Development Bank Ltd. Branch:Maharajgunj
Account Number: 0210401848480018
Swift code: ADBLNPKA
phone number:
977- 014374879