समाजसेवी दुर्गानाथ दाहाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्धारा सम्मानित

कठमाडौं । नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठानबाट सम्मानित भएका छन । प्रतिष्ठानको दशौँ राष्टिय सम्मेलनमा सम्मानित भएका हुन ।

लोकतन्त्र, मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा विगत लामो समयदेखि स्वयंसेवी संस्थाका रुपमा क्रियाशिल रही राष्टिय मानव अधिकार प्रतिष्ठानको सामाजिक न्यायको अभियानमा आवद्ध भई संस्थाको दशौँ राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै प्रशंसापत्रद्धारा सम्मान प्राप्त गरेका हुन ।

नवजीवन परोपकार समाजमार्फत विगत तीन वर्षदेखि दुर्गानाथले शारिरीक रुपमा अशंक्त वृद्धवद्धा, प्राणीहरुलाई सेवा दिदै आएका छन ।