काठमाडौंको पशुपति गौरीघाटमा साथिले ईटा हानेर टाउको फुटेर घाईते अवस्थामा भेटिएका काभ्रे घर बताउने करण बरालाई नवजीवन परोपकार समाज ले प्राथामिक उपचार गरेर प्रहरीलाई खबर गरी थप उपचारको लागी प्रहरीको जिम्मा लगाएको छ। ‘हामि सधै जता जाँदा पनि प्राथामिक उपचारको सामाग्री साथमा लिएर हिड्छौ त्यसैले बाटामा भेटिएका घाइते व्यक्तिहरु वा पशुपंशिको उपचारमा धेरै राहात मिल्ने गरेको छ’ संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले भन्छन्।
घाईते अबस्थका मानिस वा पशुपन्छीको तत्काल उपचार गरेर जिवन बचाउने उदेश्य भएर संस्थाको नाम पनि नवजीवन परोपकार समाज राखेका हौ उनले भने।
हामि बिदेशी सहयोगबाट तथा राज्यको सहयोग चलेका हैन देश बिदेशमा हुने नेपाली सहयोगी मनले दिएको सहयोगबाट चलेका छौ । उनको भनाई रहेको छ।
उनले अन्त्यमा भने सेवा नै धर्म हो, धर्म गर्न सिकौं।
