खराव मानिसलाई कुकुर जस्तो भनेर गाली गरिन्छ, तर कुकुरको यो कथा सुन्दा कुकुर खराव हैन मान्छेको सोच खराव हो भन्ने बुझ्न कठिन पनि हुँदैन।
ललितपुर बागडोलका एक पन्त परिवारमा घटेको यो घटना पन्त परिवारले घरमा आफ्नो सुरक्षाको लागी दुई वटा कुकुर पाल्नु भएको रहेछ उहाँहरु त्यँहाबाट बसाई सरि केहि टाढा गएछन्। कुकुर चै त्यही छोडि दिनु भएछ दुई वर्ष भयो आफ्नो मालिक आउने आसमा घरको गेट अगाडी दुई ओटा कुकुर कुरेर बसेका छन्। त्यहि २ बर्षको अन्तरालमा कुकुर विरामी समेत भए विरामी कुकुरलाई उपचारका लागी नवजीवन परोपकारले उपचार गरेको थियो। यसअघि पनि संस्थाका सदस्य राधेश्याम खड्काले खवर गरेपछी नवजीवन परोपकार समाजले बिरामी भएको बेलामा उपचार गरेको थियो
पुन पनि उक्त कुकुरलाई लुतो आएपनि हाम्रो संस्थाका सदस्यहरु त्यहा पुगेर उपचार गरेका छौ । सारै ज्ञानी जति मान्छेले कुटपिट गर्दा पनि नटोक्ने टोलको मान्छेले खान दिएर राख्न खोज्दा नबस्ने रात दिन घर अगाडीबाटोमा गेटमा हेरेर बस्दो रहेछ गाडि आयो भने बाटो छोड्छन नत्र रात दिनबाटोमा घरभेटिको प्रतिक्षामा छन सुन्दा तपाईहरुलाई कस्तो मन छोयो होला यो कुकुरले गरेको व्यवाहारले संस्थाका उपचार गर्न खटेका सदस्य तथा पदाधिकारी हरुले भन्छन् आँखाबाट आँसु नै झारेको कुरा सुनाउछन् । मानवमा यस्तो व्यवहार हुँदैन कुकुरको यस्तो व्यबाहारले आँखा रसाएको कुरा सुनाउछन् ।
नवजीवन परोपकार समाज यस्तै सामाजीक काममा दिनरात लागेको छ । तपाईको सहयोगको अपेक्षाका साथ यो कुरा बताउछन् ।
नवजीवन परोपकार समाजका यस्ता उदाहरण धेरै छन्, विगत केहि दिन अघि मात्र भक्तपुरमा एक व्यापारीले सब्जी खाएको आरोपमा एक गाईको खुट्टा काटेर घाइते बानाएको थियो उहि गाईलाई उपचार गरीरहदा उक्त गाईले आँखाबाट अँसु झारेको देखेपछी उपचारमा खटिएका व्यक्तिहरुको पनि आँखामा आँसु रोकीएन यस्ता कार्यहरु धेरै भन्दा धेरै गरेको नवजीवन परोपकारलाई सहयोग गर्नको लागी पनि हामी अनुरोध गर्दछौ ।
