मृतक कुकुरलाई छोडेन आफ्नो साथीले

हामी मानव हौ यो त भनिरहने कुरा पनि होइन किनकी हामीलाई थाहा छ हामी मानवनै हौ भनेर। तर हामी जानेर वा नजानी धरै गल्तीहरु गरिरहेका हुन्छौ । हामी भन्छौ मानव हौ । तर मानवमा मानवता हराइरहेका वेला पशुमा मानवताको गुण आउन थालेको छ। हुनता मानिस भन्दा बुद्धीमान पशु पनि हुन्छन् भन्दा हामीलाई पत्याउन गाह्रो नै हुन्छ तर काठमाडौंको नयाँबसपार्क स्थित एक कुनामा मृतक कुकुरलाई आफ्नो साथीले कुरेर बसेको देख्दा त्यहाबाट नै थाहा हुन्छकी मानवमा भन्दा पशुमा कति सम्मको माया दया र साथ हुन्छ भनेर ।
नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गा नाथ दाहाल संस्थापक मिरा केसी लगायतको टोली बसपार्कमा एउटा कुकुरको उपचार गरी फर्कने क्रममा बाटोमा एउटा कुकुर लडिरहेको र छेउमै अर्को कुकुर बसीरहेको देखे पछि उक्त टोली कुकुर भएको ठाँउ सम्म जानको लागी बाध्य भई त्यहाँ पुगेपछि थाहा भयो की लडिरहेको कुकुर त मृत्यु भएको र उक्त कुकुरलाई उसको साथीले कुरेर बसेको रहेछ । यस्तो देखे पछि भने उक्त टोलीमा भएका सवैलाई अचम्ममात्र लागेन मानवमा भन्दा पनि धेरै पशुको माया गाढा हुदो रहेछ, धेरै साथ र सहयोग हुदो रहेछ भन्नेकुरा थाहा भयो । यस्ता घटना त उदाहरण मात्र हुन विश्वमा यस्ता घटना दिनमा कति हुन्छन् भन्ने कुरा संख्यामा उतारिएको छैन । अहिले दिनरात नभनी नवजीवन परोपकार समाज धेरै सामाजीक काममा दौडिनरहेको छ । सडकमा भएका व्यवारिसे मानिस तथा घाईते पशुपंक्षीको उपचार गर्नु नवजीवन परपकार सामाजले आफ्नो कर्तव्य नै ठानेको छ । यस्ता विरामी भएर कुनै पनी प्राणिको ज्यान नजाओस र मानवमा मानवताको विउ विजारोपण गरौ भन्दै विभिन्न स्थान सम्म् पुगेर यस्ता प्राणिको हितका लागी सबैमा आग्रह समेत गरीरहेको छ । हामी मावन भएर मानवता देखाउ । पशुको मानवता हेरेर नबसौ । हामी धर्म आफै सुरक्षीत गरौं ।