काठमाडौं – काठमाडौंको कलंकीमा एक युवकलाई कुकुरलाई छुरा हानेको आरोपमा प्रहरी कार्वाहि गरीएको छ।
कलंकीको एक मासु पसलमा काम गर्ने युवकले मासु पसलमा मासु खान आएको भन्दै कुकुरलाई छुरा प्रहार गरेपछि नवजिवन परोपकार समाज र स्थानियहरुको सहयोगमा उनलाई प्रहरीको जिम्मा लगाए पछि प्रहरी सामु उक्त युवकले कुकुरलाई उपचार गर्दा लाग्ने सवै खर्च व्यहोर्ने तथा आगामी दिनमा यस्ता कार्य नगर्ने भन्दै माफ मागे पछि प्रहरी तथा नवजिवन परोपकार समाजले उसलाई कुकुरको उपचार गर्न लगाउदै उसलाई छाडेका छन् ।
नवजिवन परोपकार समाजले सडकमा भएका विरामी पशु पंक्षी तथा वेसाहार मानिस चेतना गुमेमा लगायतका सडकमा नाङ्गै हिड्ने तथा साहार नपाएका व्यक्तिलाई सहयोज तथा उपचार गर्दै आएको छ ।
