काठमाडौं । नवजीवन परोपकार समाजका वृद्धवृद्धाहरुले सामुहिक फुलखेती गरेर यसपालिको तिहारमा मनग्य आम्दानी गर्ने भएका छन । आश्रमको आफै बारीमा उनीहरुले फुल खेती गरेर तिहारमा फुल बेच्ने योजना बनाएका हुन ।

नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालका अनुसार फुल बेचेर आएको रुपैयाँ आश्रम सञ्चालनमा खर्च गरिनेछ । ‘‘वृद्धवृद्धा आमाबुबाहरुको लागि खर्च गरिनेछ । साथै वृद्धवृद्धा आमाबुबाहरु तिर्थयात्रा, मठमन्दिर घुम्न जाँदा खर्च गर्ने गरेका छन । यही उदेश्यका साथ करिब तीन वर्षदेखि यहाँ फुल खेती हुँदै आएको छ,” संस्थापक अध्यक्ष दुर्गानाथले भने ।

नवजीवन परोपकार समाजका अनुसार थाइल्याण्डबाट मगाइएको लोकल फुलको जात हो । फुलमा अर्गानिक गाईको मल र अर्गानिक औषधीको प्रयोग गरेर उत्पादन गरिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङस्थित नवजीवनले आफ्नो आश्रममा रहेको खालि जग्गालाई प्रयोग गरी हरेक वर्ष फुल खेतिको प्रयोजनमा प्रयोग गर्दै आएको छ ।
https://www.facebook.com/durganath.dahal/posts/3141198019448046
