फुलका बेर्ना बेचेको रुपैयाँले दशै मनाउँदै नवजीवन परोपकार समाज

काठमाडौं । नवजीवन परोपकार समाजले फुलका बेर्ना बेचेको रुपैयाँले यसपालिको दशै मनाउँने भएको छ । तारकेश्वर फुटुङस्थित नवजीवन परोपकार समाजको बारीमा उत्पादन गरिएका फुलका बेर्नाबाट भएको आम्दानीले दशै  मनाउँने भएको हो ।

नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्थानाथ दाहालका अनुसार यसपालि करिब ५० हजार रुपैयाँ बराबर फुलका बेर्ना बेचिसकिएको छ ।

‘‘हामीले थाइल्याण्डबाट फुटको बिउ मगाएका थियौँ । नवजीवनको बारीमा अहिले हजारौ बर्नाहरु छन । बिक्रि भइरहेका छ । एउटा बोटमा करिब पाँचसय वटा फुल फुल्छ ।

एउटा बेर्ना बराबर पाँच सय रुपैयाँ पर्छ,” उनले भने । नवजीवनले फुलका बेर्ना बेचेर आश्रममा भएका आमाबुबा, प्राणीहरुको सेवा गर्दै आएको छ ।

यसमा दुर्गानाथ भन्छन, ‘‘हामीसँग भएको स्वविवेक श्रोत र साधनको अधिकतम प्रयोग गरेर आत्मानिर्भर बन्ने प्रयास गरेका हौँ । अहिले फुलका बोटले अहिले २०० को हाराहारीमा कोपिला हालेका छन । यतिखेर तिहार लक्षित गरेर बेचिरहेका छौँ ।”

नवजीवनले यसपालि तिहारमा करिब २ लाखको फुल बेच्ने लक्ष्य राखेको छ । हरेक वर्ष नवजीवनले फुलका बेर्ना र फुल बेचेर २ देखि ३ लाखसम्म आम्दानी गर्दै आएको छ । यसबाहेक अन्य तरकारी फलफुल पनि नवजीवनको बारीमा फल्छ ।