काठमाडौं । काठमाडौं नवजीवन परोपकार समाजले प्राणीमैत्री आश्रम स्थापना गरेसँगै विभिन्न प्राणीहरुको जीवनरक्षा गरिदिएको छ । तारकेश्वर फुटुङस्थित आश्रममा खरायो, परेवा, बिरालो, हाँस, ट्रकी, कछुवा, माछा, कुकुर पालिएका छन । पालिएका प्राणीहरुलाई हत्या गरेर मासु खानलाई होइन । उद्धार गरेर जीवनरक्षा गर्न विभिन्न ठाउँबाट उद्धार गरिएका प्राणीहरु हुन यी ।

नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालको आश्रममा एउटा खसि पनि छ । उनले यो खसि जोरपाटिका काटेर खाना खोज्दा उद्धार गरेका हुन । संस्थापक अध्यक्ष दाहाल भन्छन, ‘‘एकदिन यो खसि जोरपाटीको मासु पसलमा काटिदै थियो । खसि मासु पसलमा काट्न खोज्दा दुर्गानाथ पशुअधिकारकर्मि
नवजीवन आश्रमको बाटो हुँदै ओहोरदोहोर गर्न जोकोहीले दुर्गानाथलाई भन्छन, ‘‘ओहो यत्रो खसि पालेर राख्नुभएको रहेछ । कहिले काट्ने ? भन्ने प्रश्न गरिरहन्छन । यसमा संस्थापक अध्यक्ष दाहाल हाँस्दै भन्छन, ‘‘तपाई र तपाईको परिवार मासु खान सक्नुहन्छ । यो त साकाहारी अभियानको एक उदाहरण वा प्रतिक हो नी ।” संस्थापक अध्यक्ष दाहालको यो उत्तरमा ओहोरदोहोर गर्नेहरुको केही जवाफ आउँदैन । खसिलाई झलक्क हेर्दा घोडा जस्तै देखिन्छ । खसि ठुलो, मोटो र सेतो छ ।
दुर्गानाथले आश्रममा पालेको यो खसि एउटा मात्रै होइन । खसिसँग रमाउने कुकुर, बिरालो, खरायो, परेवा, हाँस, कछुवा, माछा, ट्रकी, सुगा, पनि छन । यी प्राणीहरुको पनि आआफ्नै कथाव्यथा रहेको संस्थापक अध्यक्ष दाहालको भनाइ छ । खसिको कुरामा अध्यक्ष दाहाल विश्वकै ठुलो र लामो आयु भएको खसि बनाउँन चाहने बताउँछन । संस्थापक अध्यक्ष दुर्गानाथले सबै प्राणीहरुको जीवनरक्षा गरेकै कारण वल्र्ड बुक अफ द रेकर्ड अवार्ड समेत पाएका छन ।
