मानव तथा पशुसेवामा लाग्ने ९ जना नारी पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ बाट सम्मानित

 

काठमाडौं । पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ बाट विभिन्न क्षेत्रमा रही सामाजिक धार्मिक सांस्कृतिक कार्यमा उच्च योगदान गर्ने तथा कोरोना कालमा आफ्नो जीवनको प्रवाह नगरी मानवसेवा तथा पशुपन्छी सेवामा लाग्नु भएकी ९ जना नारीलाई नवजीवन परोपकार समाजले सम्मान गरेको हो ।

नवजीवन आश्रममा गरेको उक्त सम्मान कार्यक्रममा मुख्य अतिथि तार्केश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहरा ज्यु विशिष्ट अतिथि उपमेयर श्री भवानी ढोटेल ज्यु वडा नं ७ का ओडा अध्यक्ष सानुकाजी खत्री ज्यु बरिस्ठ अभिनेत्री श्री गौरी मल्ल ज्यु कलाकार तथा निर्माता राजेन्द्र केसी (राजु) तथा अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । नवजीवन परोपकार समाज पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित व्यक्तिहरु हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।


१. तार्केश्वर नगरपालिका उपमेयर भवानी डोटेल ज्यु धार्मिक सामाजिक महिला सशक्तिकरण तथा तार्केश्वर नगरपालिका क्षेत्रको विकास निर्माण कोरोनाको बेला अग्रपंक्तीमा खटेर सेवा गर्नु भएको योगदानको कदर गर्दै सम्मान प्रदान ।

२. वरिष्ठ अभिनेत्री श्री गौरी मल्ल ज्यु कलाकारिता स्वास्थ्य कोरोनाको बेला क्षेत्र अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएकोमा पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।



३ राष्ट्रसेवक कर्मचारी ससिकला पौड्याल ज्यु कोरोनाको बेला तथा क्षेत्र अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।

४. वरिष्ठ व्युटिसिएन मीना केसी ज्यु वेरोजगार महिलालाई व्युटिसिएन तालिम दिई स्वरोजगार हुने बाटो देखाउनु भएको कोरोनाको बेला मानवसेवा तथा क्षेत्र अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।


५. श्री वेदीका शर्मा ज्यु कोरोनाको बेला भोजन सेवा तथा सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।



६.साङ्गे पाल्मो ज्यु कोरोनाको बेला सडकमा अलपत्र मानिस तथा थुप्रै पशुपन्छीलाई खाना तथा उपचार विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भयको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ प्रदान ।


७. पत्रकार रोजिना थापा कार्की ज्यु कोरोनाको बेला अग्रपंक्तीमा रही पत्रकारिता धर्म कर्म निर्वाह गरी अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।



८. मानव तथा पशुसेवक श्री सर्वश्री अधिकारी ज्यु काभ्रे जिल्लामा रही कोरोनाको बेला मानवीय सेवा पशुपन्छीलाई खाना तथा उपचार सेवा तथा क्षेत्र अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।

९. डा. ज्ञानु खड्का ज्यु कोरोनाको बेलामा तथा अन्य बेला स्वास्थ्य क्षेत्रमा अन्य थुप्रै सामाजिक कार्यमा योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ मा सम्मानित सम्मान प्रदान ।



उत्त कार्यक्रममा नगरपालिकाको चौतर्फी विकास निर्माणको लागि नवजीवन निर्माण अतुलनिय साथ सहयोग हौसला बढाउनु हुने तार्केश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहोरा ज्यु तथा वडा अध्यक्ष सानुकाजी खत्री ज्यु नवजीवनका जग्गा दाता बस्नेत परिवार पनि सम्मानित हुनुभएको छ ।

नवजीवन परोपकार समाजले हरेक वर्ष विभिन्न क्षेत्रका सामाजिक कार्यमा उच्च योगदान पुर्याउनु हुने महिलाहरुलाई नवजीवन नवदुर्गा सम्मानबाट समानित गर्नेछ ।