काठमाडौंँ । वर्ड बुक अफ रेकर्डस लन्डनले २०२१ को इन्टरनेस्नल अवार्ड समाजसेवी नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई प्रदान गरेको छ । कोरोना महामारीको बेलामा आफ्नो ज्यानलाई धरापमा राखेर समाजसेवामा कटिवद्ध रहेकाले उक्त सेवाको सम्मान स्वरुप दुर्गानाथलाई अवार्ड प्रदान गरिएको हो ।
वर्ड बुक अफ रेकर्डमा कोरोना महामारीमा आफुलाई जोखिममा राखि विभिन्न ठाउँमा खान नपाएका व्यक्तिहरूलाई खाना खुवाउने , सडकमा रहेका कुकुर, सडक मानव , दुखि गरिब, असहाय, साहारा बिहीनहरुको साहारा बनेकाले दाहाललाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दाहाल काभ्रे जिल्लाको नालामा जन्मिएका समाजसेवी हुन । उनले लकडाउनमा अक्सिजन रातभर अक्सिजन सेन्टरमा बसेर विरामीलाई अक्सिजन पु¥याउने, सडक मानवलाई खाना खुवाउने, उद्धार गर्नुपर्ने अवस्थामा भेटिएका बृद्धवृद्धालाई उद्धार गर्ने जस्ता सेवामूलक काम गर्दै आएका छन ।

कार्यक्रममा नेपालबाट कोरोना बेला सेवाभावले खटिएका विश्वका १०० व्यक्तिलाई सम्मानस्वरुप अवार्ड प्रदान गरिएको छ । समता स्कुलका शिक्षसेवी उत्तम संञ्जेल लगायतका व्यत्तित्वलाई अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा भारत सरकारका केन्द्रीय मन्त्री श्री रामदास आठवाले वर्ड बुकका सस्थापक तथा दिवाकर सुकुल बलिउडका कलाकार गायक मधेष प्रदेशका मुख मन्त्रीको उपस्थिति थियो ।
