नवजीवनको पहलमा नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा धिमिरेको निधन

काठमाडौं । नवजीवन परोपकार समाजको पहलमा नर्भिक अस्पतालमा उपचाररत कलाकार मोडल निशा घिमिरेको निधन भएको छ । बुधबार साँझ ६ ः ५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।
अस्पतालको सीसीयुमा उपचाररत घिमिरेको निधनले अयन्तै दुखि भएको नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले बताए ।
भारतमा दुर्घटनामा परी घाईते भएकी घिमिरेलाई नवजीवन परोपकार समाजको पहलमा जेठ २७ गते उद्धार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उनलाई अहिलेसम्म अक्सिजनको सहायताले नै उपचार गरिरहेको थियो । आज विहान उनको मुटु र मृगौलाले काम गर्न छाडेको थियो । लामो समयसम्म घाउ नपुरिएको र खाना पनि पाइपबाट खुवाउँदै आएको अस्पताल श्रोतले जनाएको छ ।
मोडल घिमिरेको निधनले नवजीवन परोपकार समाज परिवार स्तव्ध भएको छ ।