काठमाडौं । काठमाडौंको नवजीवन परोपकार समाजले आज अन्तराष्ट्रिय धान दिवस मनाएको छ । नवजीवनको आश्रमका रहेका वृद्धवृद्धाहरु, सस्थापक अध्यक्ष दुर्गानाथ दाहाल, लगायत नवजीवन परिवारले आफ्नै खेतबारीमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् ।
नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले देशको मुख्य अन्नबाली धान खेतीलाई प्रोत्साहन गर्न धान दिवस मनाएको जानकारी दिए । उनले नेपालमा बर्षेनी चामलको खपद बढि तर धान उत्पादन कम भएको प्रति ध्यानाकर्षण गर्दै धान दिवस मनाइएको बताए ।
धान उत्पादन गरिरहेका किसानले भनेको समयमा प्रयाप्त मात्रामा मल नपाउँदा चुनौति थपिएको छ, दुर्गानाथले भने, किसानलाई सरकारले प्रयाप्त मल लगायत अन्य बन्दोवस्तो गरिदिनुपर्ने देखिन्छ ।

राष्ट्रिय धान दिवसको सबैमा शुभकानमना । नेपालमा विसं २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस ममनाइदै आइएको छ ।


